शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल विश्वविद्यालयले स्नातक तहअन्तर्गतको शैक्षिक कार्यक्रम सुरु गर्ने

शुक्रबार, ०५ असार २०८३, २१ : २०
शुक्रबार, ०५ असार २०८३

काठमाडौँ । नेपाल विश्वविद्यालयले स्नातक तहअन्तर्गतको शैक्षिक कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । 

विश्वविद्यालयले शुक्रबार एक कार्यक्रम गर्दै शैक्षिक सत्र २०८३/८४ का लागि स्नातक तहमा विद्यार्थी भर्ना सुरु गरेको जनाएको हो । यस विश्वविद्यालयले चालु वर्षदेखि नै स्नातकोत्तर तहमा सार्वजनिक नीति विषयको पठनपाठन सुरु गरिसकेको छ । यस्तै, स्नातक तहका कक्षाहरू समेत सञ्चालनको चरणमा रहेको नेपाल विश्वविद्यालयले जनाएको छ । 

मानवज्ञानको बहुविधागत पक्षलाई दृष्टिगत गरी अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने ध्येयका साथ वि.सं. २०८१ सालमा सार्वजनिक विश्वविद्यालयको रूपमा यस विश्वविद्यालयको स्थापना भएको हो । 

विश्वका उच्च शिक्षा प्रणालीसम्बन्धी आधारभूत सिद्धान्त र नवीन मान्यतालाई आत्मसात् गरी नेपालको उच्च शिक्षाका क्षेत्रमा मानव बन्ने उद्देश्यसहित २०८१ मा विश्वविद्यालय स्थापना भएको थियो ।

स्नातक तहमा भर्ना सुरु गरेको विश्वविद्यालयले छात्रवृत्तिको व्यवस्था गरेको जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप