३० हजार घुस लिने खाद्य विभागका प्राविधिक सहायक चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सारांश
- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक सञ्जय चौधरीविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- खाद्य उद्योग नवीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागेको पुष्टि भएपछि चौधरीविरुद्ध आरोपपत्र दायर गरिएको हो।
- अख्तियारको टोलीले सेवाग्राहीबाट ३० हजार रुपैयाँ लिइसकेको अवस्थामा चौधरीलाई नियन्त्रणमा लिएको थियो।
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा कार्यरत प्राविधिक सहायक सञ्जय चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
खाद्य उद्योग नवीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागेको पुष्टि भएपछि आयोगले उनी विरुद्ध बिहीबार आरोपपत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, चौधरीले उद्योग नवीकरणको काम गरिदिन विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख दिँदै घुसका लागि बार्गेनिङ गरेका थिए।
सूचनाका आधारमा टङ्गालबाट खटिएको अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा चौधरीले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर गरेको पुष्टि भएपछि आयोगले ३० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको माग दाबी गर्दै विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता
-
तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन
-
बेलायतको बेडफोर्डमा दुई रेल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु, ८९ घाइते
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण