मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै
सारांश
- रौतहटको मौलापुर नगरपालिकामा भएका विकासका कामहरुको अवलोकन गर्न विभिन्न जिल्लाका टोलीहरु आउने क्रम बढेको छ ।
- बुद्धभूमि नगरपालिकाका उपमेयर सहितको ३० सदस्यीय टोलीले मौलापुरका मेयर रिनाकुमारी साहबाट विकासका योजनाबारे जानकारी पाएको छ ।
- मौलापुरको शून्य कर नीति, निःशुल्क बिजुली-पानी, शिक्षा, स्वास्थ्य र एकीकृत दलित बस्ती निर्माण जस्ता कार्यले देशैभर चर्चा कमाएको छ ।
रौतहट । रौतहटको मौलापुर नगरपालिकाको विकास पुर्वाधार लगायतका बिषयमा अध्ययन एवं अवलोकन गर्नेहरुको बढदै गइरहेका छन् । आज कपिलबस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाका उपमेयर सहितको ३० सदस्यीय भ्रमण टोलीलाई मौलापुरका मेयर रिनाकुमारी साहले स्वागत गरेकी छन् ।
मेयर साहले भ्रमण टोलीलाई स्वागत गर्दै मौलापुर नगरपालिकामा भएको विकास, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, यातायात, आवास निर्माण लगायतका क्षेत्रमा भएको उदहरणीय कार्यको बारेमा समेत जानकारी गराएकी छन् ।
मौलापुर नगरपालिकामा भएको विकास मोडेल कामबाट प्रभावित भई विभिन्न नगरपालिका एवं पालिकाहरुबाट विभिन्न टोलीहरु भ्रमणका लागि आइरहेका छन् । चितवन, कपिलबस्तु, रुपन्देही लगायतका बिभिन्न जिल्लाबाट आउँने भ्रमण टोली मौलापुरको कामबाट प्रभावित भई त्यहाँ लागु गरिएका योजनाहरु समेत आफ्नो पालिकामा लागु गर्ने प्रयास गर्दैआएका छन् ।
मौलापुरको शून्य कर नीति, निःशुल्क बिजुली–पानी, शिक्षा र स्वास्थ्यको बिकास एवं एकीकृत दलित बस्ती निर्माण लगायतका बिकासका कामले देशैभरी चर्चा हुने गरेको छ । नेपालमा मात्र नभई मौलापुरको विकासको कामको बारेमा छिमेकी मुलुक भारतको विहारमा समेत चर्चा हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण