मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

विकल पौडेल दम्पतीविरुद्ध ६८ करोड ९४ लाख बिगो दाबीसहित सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

बुधबार, १६ वैशाख २०८३, २२ : २७
बुधबार, १६ वैशाख २०८३

सारांश

  • राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेत विरुद्ध ६८ करोड ९४ लाख बिगो दाबीसहित सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।
  • पौडेल दम्पतीले विदेशी विनिमयको कसुरबाट आर्जित सम्पत्तिउपर अनुसन्धान गरी सम्पत्ति शुद्धीकरणको नयाँ मुद्दा दायर गरिएको हो ।
  • यो मुद्दा काठमाडौँ जिल्ला अदालतमा दर्ता गरिएको छ ।

काठमाडौँ । राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेत विरुद्ध विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) को मुद्दा दर्ता गरेको छ । विभागले पौडेल दम्पती विरुद्ध ६८ करोड ९४ लाख रुपैयाँ बिगो माग गर्दै काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो ।

पौडेल दम्पतीले विदेशी विनिमयको कसुरबाट आर्जित सम्पत्तिउपर विभागले अनुसन्धान गरी सम्पत्ति शुद्धीकरणको नयाँ मुद्दा दायर गरेको हो । कसुरबाट आर्जित धनको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा १ को देहाय खण्ड (क), (ख) र (ग)मा उल्लिखित कार्य गरेको अनुसन्धानबाट पुष्टि हुन आएको आरोप पत्रमा उल्लेख छ ।

सोही आधारमा उनीहरूलाई कसुरदार ठहर गर्दै मुद्दा चलाइएको विभागले जनाएको छ ।

विभागको अनुसन्धान प्रतिवेदन र रायका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत २०८३ वैशाख १६ गते काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप