शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इरानले साइबर युद्ध हार्‍यो तर वास्तविक युद्ध जित्यो

बिहीबार, १७ वैशाख २०८३, १२ : १५
बिहीबार, १७ वैशाख २०८३

सारांश

  • इरानी ह्याकर समूह 'हन्डाला'ले अमेरिकी चिकित्सा प्रविधि कम्पनी 'स्ट्राइकर' को सञ्जालमा आक्रमण गरी डाटा मेटाइदिएको छ ।
  • यद्यपि, इरानका साइबर आक्रमणहरू कमजोर देखिएका छन् र रुसको साइबर शस्त्रागारलाई बढाइचढाइ गरिएको जस्तै अतिरञ्जित भएको छ ।
  • अमेरिका र इजरायलले इरानी साइबर युनिटहरूलाई आक्रामक रूपमा निशाना बनाएका छन्, जसले इरानको साइबर युद्ध क्षमता सापेक्षिक रूपमा कमजोर रहेको देखाउँछ ।

इरानका ह्याकरहरूको समूह ‘हन्डाला’ ले गत महिना अमेरिकाको मिसिगन राज्यमा अवस्थित चिकित्सा प्रविधि कम्पनी ‘स्ट्राइकर’ को सञ्जालमा आक्रमण गर्‍यो । हन्डालाको साइबर आक्रमणमा परेर कम्पनीका डाटाहरु मेटिए । हजारौँ उपकरणहरू काम नगर्ने अवस्थामा पुगे । यस्तो आक्रमणको निशानामा स्ट्राइकर अन्तर्गत आपत्कालीन अवस्थामा सक्रिय हुने कामदारहरूले प्रयोग गर्ने उपकरणहरु पनि परे । स्ट्राइकरले आफ्नो वेबसाइटमा हन्डालाको आक्रमणलाई ‘साइबर युद्धको नयाँ युग सुरु भएको’ अर्थमा उल्लेख गर्‍यो ।

पछिल्लो समय देखिएका विविध परिवर्तनहरूलाई लिएर नयाँ भनिएको यो युग पनि धेरै मामलामा पुरानै जस्तो देखिन्छ । हन्डालाको हमलालाई सुरुमा ‘डिजिटल पर्ल हार्बर’ वा ‘साइबर–९/११’ भनेर प्रचार गरिएको थियो । 

हमला पश्चातको साइबर सुरक्षाको वास्तविकता स्पष्ट बाहिर आउन पनि बाँकी नै छ । इरानी ह्याकरहरुले गरेको हमला खासमा धेरै ठुलो होइन । उनीहरुले डिजिटल प्रचारसहित सानातिना साइबर अवरोध मात्र गरेका हुन् । अचेल त्यस्ता घटनालाई द्वन्द्वका सामान्य विशेषता नै मान्नुपर्ने हुन्छ । 

इरानले ‘मालवेयर’ तथा क्षेप्यास्त्र आक्रमणहरूको समन्वय गरेको रिपोर्टहरू पनि आएका छन् । त्यसका बाबजुद यसले साइबर युद्ध मार्फत गम्भीर क्षति भने पुर्‍याएको छैन । युक्रेनमा आक्रमण गर्नुअघि रुसको साइबर शस्त्रागारलाई पनि बढाइ–चढाइ गरिएको थियो । तर इरानको साइबर आक्रमणहरू भने अहिलेसम्म कमजोर छन् ।

अमेरिकी गुप्तचर क्षेत्रमा सन् २०२५मा प्रकाशित ‘वार्षिक जोखिम मूल्याङ्कन’ प्रतिवेदन अनुसार ‘इरानको बढ्दो विशेषज्ञ क्षमता तथा आक्रामक साइबर अभियान चलाउने चाहनाका कारण अमेरिकी नेटवर्क तथा डेटाको सुरक्षामा ठुलो खतरा पैदा भएको’ भनिएको छ । हन्डला लगायत इरानमा सैन्य एवं सुरक्षा क्षेत्रको छत्रछायामा रहेका अन्य ‘ह्याकिङ’ टोलीहरूले वर्षौँदेखि अमेरिकी संवेदनशील प्रणालीहरूको परीक्षण गरी नै रहेका थिए । 

युद्धको समयमा आएपछि उनीहरुले आफ्नो क्षमता र विज्ञताको प्रयोग गरेको देखिनुपर्ने थियो । उनीहरुले इरानको वर्तमान शासनको पक्षमा साइबर युद्ध चलाएको देखिनुपर्थ्यो । तर आश्चर्यजनक रूपमा अवस्था भने फरक देखिएको छ ।

हामीले इरानी साइबर आक्रमणहरूबारे नसुनेका पनि हुनसक्छौँ । त्यस्ता आक्रमणहरू पत्ता नलगाइएका वा सार्वजनिक नगरिएका पनि हुन सक्छन् । तर त्यसरी थाहै नहुने गतिविधिहरू विनाशकारी प्रकृतिका हुने सम्भावना भने कम हुन्छ । बरु जासुसी प्रकृतिका भने हुन सक्छन् । 

किनभने ठुला हमलाहरू लुकाउन असाध्यै अप्ठेरो हुन्छ । कुनै न कुनै रूपमा बाहिर आउने सम्भावना धेरै हुन्छ । बरु इरानी ह्याकरहरु युद्धविराम हुने बेलासम्म चुपचाप ठुलो आक्रमण सुरु गर्ने तयारीमा पनि हुन सक्छन् । अर्थात उनीहरूको ठुलो आक्रमण हुनै बाँकी रहेको हुनसक्छ ।

साइबर युद्धका लागि इरानको क्षमतालाई उच्च एवं न्यून वा दुवै ढङ्गले जस्तो सुकै मूल्याङ्कन गरिए तापनि, अमेरिका र इजरायलले युद्धको समयमा इरानी साइबरयुनिट तथा त्यहाँ सक्रिय ‘अपरेटिभ’ हरूलाई आक्रामक रूपमा निशाना बनाएकै हो । इजरायलले ‘इस्लामिक रिभोलुसनरी गाड्र्स कप्र्स’ को खुफिया प्रमुखलाई मार्‍यो । 

तर स्ट्राइकर कम्पनीको हकमा अवलोकन गरिए जस्ता साइबर आक्रमणहरू भने होसियारीसाथ कुशलतापूर्वक भएका देखिँदैनन् । एकाएक भएका र भद्रगोल प्रतीत हुन्छन् । अमेरिकाको संयुक्त साइबर सुरक्षा सल्लाहकारद्वारा जारी विज्ञप्ति अनुसार इरानी ह्याकरका आक्रमणले कतै–कतै ‘परिचालनमा अवरोध तथा वित्तीय क्षति’ निम्त्याइएको देखिएको छ । 

तर यी हमलाहरू व्यवस्थित र प्रभावकारी नभएर खासगरी केहि असुरक्षित उपकरणहरू ठम्याउने र त्यसैलाई निशाना बनाउने खालका मात्रै थिए । हामीले देखेको अव्यवस्थित ह्याकिङले हालको यथार्थ झल्काइरहेको छ । भलै आजका दिनमा पनि इरानका डिजिटल जासुसहरू चुपचाप काम गरिरहेका हुन्सक्छन, तथापि इरानको अहिलेसम्मको साइबर युद्ध हेर्दा उनीहरूको क्षमता भयङ्करै छ भन्ने देखिन्न ।  

साइबर युद्धका लागि इरानको क्षमतालाई उच्च एवं न्यून वा दुवै ढङ्गले जस्तो सुकै मूल्याङ्कन गरिए तापनि, अमेरिका र इजरायलले युद्धको समयमा इरानी साइबरयुनिट तथा त्यहाँ सक्रिय ‘अपरेटिभ’ हरूलाई आक्रामक रूपमा निशाना बनाएकै हो । इजरायलले ‘इस्लामिक रिभोलुसनरी गाड्र्स कप्र्स’ को खुफिया प्रमुखलाई मार्‍यो । 

साथै साइबर एवं इलेकट्रोनिक मुख्यालयमा बम विस्फोट समेत गरेको बताएको थियो । अमेरिकी साइबर कमान्डले पनि लगभग केहि ‘काउन्टर अपरेसन’ हरु सञ्चालन गरिरहेकै छ । यसरी युद्धका कारण भागाभागको अवस्थामा हुने तथा भ्रमित वा असक्षम ह्याकरहरू साइबरयुद्धमा उत्कृष्ट प्रस्तुति दिन सक्दैनन् ।

साइबर युद्ध सस्तो छैन, सजिलो त झन् छँदै छैन । त्यस्तो युद्धमा सफल हुनका लागि उनीहरू कमजोर पूर्वाधार तथा परिष्कृत प्राविधिक संस्थाहरूसँग जोडिएको हुनुपर्छ । संयुक्त राज्य अमेरिका र इजरायलसँग सैन्य अपरेसनमा साइबर युद्धलाई एकीकृत गर्ने मामलामा वर्षौँको अनुभव छ । 

इजरायलले वरिष्ठ इरानी कमान्डरहरूलाई ट्र्याक गर्न र लक्षित गर्न इरानी सुरक्षा क्यामेराहरू ह्याक गरेको जानकारीमा आएको छ । युद्धका सुरुवाती दिनमै अमेरिकी साइबर कमान्डले इरानको सेनालाई अवरोध पुर्‍याएर उनीहरूको अवलोकन एवं सूचना हासिल गर्ने क्षमता नष्ट पार्दै इरानी सेनालाई सञ्चार मामलामा अन्धो नै बनाइदिएको दाबी गरिएको छ ।

साइबर युद्धको क्षेत्रमा इरानले अमेरिका र इजरायलको हैसियतमा बराबरीको प्रतिस्पर्धा गरिरहेको छैन । स्ट्राइकरको ह्याकिङ माम्लामा हन्डालाले उक्त कम्पनीको नेटवर्कमा कुनै खुला ढोका फेला पारेका हुन । त्यही कमजोरीमा टेकेर उनीहरुले जनस्वास्थ्य सेवा प्रणालीलाई अवरोध पुर्‍याएका हुन् । 

साइबर युद्धमा इरान सापेक्षिक रूपमा धेरै कमजोर छ । लामो समयसम्म यसमा तात्त्विक फरक हुँदैन । इरानले फारसको खाडी क्षेत्र वरपर रहेका मुलुकहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्‍यो । ‘स्ट्रेट अफ हर्मुज’ जलडमरूम बन्द गरिदियो । 

तर लगत्तै ‘प्रोग्रामेबल लजिक कन्ट्रोलर’ हरूले इरानी हमलाले सिर्जना गरेको अवरोध पत्ता लगाइहाले । समस्या तत्कालै समाधान पनि गरियो । इरानले इजरायलको सडक क्यामेरा, ‘रेलवे मनिटर’हरू तथा केही व्यवसायीक संस्थाको प्रणाली पनि ह्याक गरेको हो । पोल्याण्डको आणविक अनुसन्धान केन्द्रमा पनि घुसपैठ गरेको हुन सक्ने देखिएको छ । 

यस्ता आक्रमणहरूले केही हानि पुर्‍याए पनि, ती मध्ये कुनै पनि सुसङ्गत रूपमा सञ्चालित अभियानको हिस्सा प्रतीत हुँदैनन् । यदाकदा क्षति पुर्‍याएका यी आक्रमणहरू प्रभावकारी र व्यवस्थित छैनन् ।

साइबर युद्धमा इरान सापेक्षिक रूपमा धेरै कमजोर छ । लामो समयसम्म यसमा तात्त्विक फरक हुँदैन । इरानले फारसको खाडी क्षेत्र वरपर रहेका मुलुकहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्‍यो । ‘स्ट्रेट अफ हर्मुज’ जलडमरूम बन्द गरिदियो । 

यी सबै भौतिक युद्धका हमला तथा कदमहरू भने उसको साइबर युद्धको तुलनामा ज्यादै प्रभावकारी थिए । जसका कारण जारी युद्धविराममा उसले अपेक्षाकृत अनुकूल सर्तहरूसहित विजयको नजिक पुगेको छ । 

यदि युद्ध पुनः सुरु भएको अवस्थामा अमेरिका र इजरायललाई इरानले आफ्नो प्रतिरक्षा प्रणाली बलियो बनाउँदै तथा आवश्यक रूपमा अनुकूलन गर्दै प्रारम्भिक सफलताहरू दोहोर्‍याउन भने धेरै कठिन हुन सक्छ । 

साइबर युद्धको क्षेत्रमा हुने केहि छिटपुट सफलताले रणनीतिक चमत्कार गर्न सक्दैन । साथै सरकारहरूलाई राजनीतिक गल्तीहरूबाट बचाउन पनि सक्दैन ।

(न्युयोर्क टाइम्सबाट)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जोन आर लिन्डसे
जोन आर लिन्डसे
लेखकबाट थप