जिप दुर्घटनामा ज्यान गुमाएकाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वबाट रोल्पाको थबाङ–१ जलजलातर्फ जाँदै गरेको जिप दुर्घटनामा २० जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन्।
प्रचण्डले दुर्घटनामा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क र प्रभावकारी उपचार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।
साथै मृतकका परिवारलाई उचित राहत र सहयोग उपलब्ध गराउन पनि उनले जोड दिएका छन्।
उनले सुरक्षा निकायसँग समन्वय गरेर उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन पार्टी पङ्क्तिलाई निर्देशन समेत दिएका छन्।
संयोजक प्रचण्डले यस्ता घटनाको पुनरावृत्ति हुन नदिन आवश्यक सुरक्षा उपाय सुदृढ गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण