बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

न्यूयोर्कमा रामकृष्णले गुन्जाए ‘ओराली लागेको हरिणको चाल’

आइतबार, २० साउन २०७५, १३ : ३७
आइतबार, २० साउन २०७५

न्यूयोर्क– लोकप्रिय गायक रामकृष्ण ढकालले अमेरिकाको न्यूयोर्कमा पहिलो पटक एकल गायन कार्यक्रम प्रस्तुत गरेका छन् । स्वदेशमा धेरै पटक एकल साँझ गरेका ढकालको यो साँझ बिदेशको पहिलो साँझ हो । 
कार्यक्रम पछि गायक ढकालले अमेरिकाको सुमधुर साँझ ऐतिहासिक रहेको प्रतिक्रिया दिएका छन् । कार्यक्रममा ढकालले आफ्ना लोकप्रिय गीतहरु प्रस्ततु गरेका थिए । कार्यक्रम अवधिभर गायक ढकालाई उपस्थित दर्शकहरुले ताली र स्वरले साथ दिए ,
राष्ट्रिय गीत ‘विहान उठ्ने बित्तिकै’बाट एकल साँझको गायन सुरु गरेका ढकालले ओराली लागेको हरिणको चाल लगायत आफ्ना लोकप्रिय प्राय गीत गायका थिए । गायक ढकाललाई ६ जना वाद्य वादकहरुले साथ दिएका थिए । बाँसुरीमा सुशील विश्वकर्मा, तवलामा प्रमोद उपाध्याय, गिटारमा बिष्णु सुनवार, बेस गिटारमा शिशिर श्रेष्ठ, किवोर्डमा डेभिड ढकाल तथा अक्टोप्याड मादलमा न्हुच्छेमान डंगोलले साथ दिएका थिए ।
मितेरी गु्रप समुहको हिमालयन इभेन्ट्सद्वारा आयोजित कार्यक्रमको संयोजन अभय ढुंगेलले गरेका हुन् । कार्यक्रममा अमेरिकास्थित नेपाली राजदूतावासका वाणिज्य दूत कृषु क्षेत्रीको पनि उपस्थिति थियो । करिव तीन घन्टा चलेको साँझमा ढकाललाई स्थानीय कलाकारहरु बसन्ती राई र दीपा ढुंगेलले यूगल गायनमा साथ दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप