बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

३७ दिनमा सकियो अक्षराको छायाङ्कन

बुधबार, ०३ असार २०८३, १२ : ११
बुधबार, ०३ असार २०८३

सारांश

  • विनयराज पौडेल निर्देशित फिल्म 'अक्षरा'को छायाङ्कन पूर्व निर्धारित कार्यतालिका अनुसार ३७ दिनमा सकिएको छ ।
  • फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल लगायतका कलाकारहरूको मुख्य भूमिका छ ।
  • क्षित बाबु प्रोडक्सनले निर्माण गरेको यस फिल्म आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

काठमाडौँ । विनयराज पौडेलको निर्देशन रहेको फिल्म ‘अक्षरा’को छायाङ्कन सकिएको छ। पूर्व निर्धारित कार्यतालिका अनुसार नै फिल्म ३७ दिनमा सकिएको हो । निर्देशक पौडेलले सबैको बलियो सहकार्य र मिहिनेतले तोकिएकै समयमा फिल्मको सुटिङ सकिएको बताए ।

सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य भूमिका रहेको फिल्ममा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन् ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्माताका रूपमा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन् । फिल्मको निर्माण उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलको छ ।

दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व रहेको फिल्म आगामी भदौ २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । फिल्मलाई नेशनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप