‘क्यान्सरको औषधि अभावले बिरामीको बिचल्ली हुँदा पनि मन्त्रीको निर्देशन कागजमै सीमित भयो’
सारांश
- नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले क्यान्सरका बिरामीले प्रयोग गर्ने अत्यावश्यक औषधिको अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग गरेकी छन् ।
- स्वास्थ्यमन्त्री निशा मेहताले औषधि आपूर्ति सहज बनाउन निर्देशन दिए पनि त्यसको प्रभाव नदेखिएको र बिरामीले औषधि नपाएको सांसद थपलियाले बताइन् ।
- सांसद थपलियाले मन्त्रीलाई निर्देशन दिएर मात्र नबस्न र बिरामीको हातमा औषधि पुगेको अनुगमन गर्न आग्रह गरिन् ।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले क्यान्सरका बिरामीले प्रयोग गर्ने अत्यावश्यक औषधिको अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा थपलियाले क्यान्सरविरुद्धको किमोथेरापीमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिन जस्ता औषधि नपाउँदा बिरामीको जीवन जोखिममा परेको बताइन् ।
स्वास्थ्यमन्त्री निशा मेहताले केही समयअघि औषधि व्यवस्था विभागको निरीक्षण गरी आपूर्ति सहज बनाउन निर्देशन दिए पनि त्यसको प्रभाव नदेखिएको थपलियाले बताइन् । ‘मन्त्रीज्यूले निरीक्षण गरेर निर्देशन दिएको भनियो, तर आज पनि बिरामीले औषधि पाएका छैनन्,’ थपलियाले भनिन्, ‘हिजो मात्रै भक्तपुर क्यान्सर अस्पतालमा किमोका लागि पुगेका बिरामीले औषधि नपाएर मलाई गुहार्नुभएको छ। मन्त्रीको निर्देशन कहाँ हरायो ?
सांसद थपलियाले स्वास्थ्यमन्त्रीसँग हाल सिस्प्लाटिन नेपालका कुन–कुन अस्पताल वा औषधि केन्द्रमा उपलब्ध छ ? बिरामी र परिवारको जानकारीका लागि तत्काल सूची सार्वजनिक गर्न, यस्ता अत्यावश्यक औषधिको अभाव भविष्यमा दोहोरिन नदिन सरकारको तत्काल र दीर्घकालीन योजना के छ ? र मन्त्रीले निरीक्षण गरेका कम्पनीहरूको अनुमति प्रक्रिया कहाँ पुग्यो र बजारमा औषधिको आपूर्ति कहिलेदेखि सहज हुन्छ भन्दै प्रश्न सोधेकी छन् ।
मन्त्रीलाई केवल निर्देशन दिएर मात्र नबस्न र बिरामीको हातमा औषधि पुगेर नपुगेको अनुगमन गर्न आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली अधिवेशन : उपसभापतिसहित पदाधिकारी र सदस्य चयन
-
जी–७ सम्मेलनमा सहभागी नेताहरूको अनौपचारिक कुराकानी बाहिरियो, कस्ता विषयमा कुरा गरे ?
-
रास्वपाका प्रतिनिधिले पार्टीलाई ५ हजार शुल्क तिर्नुपर्ने, महँगो भएको गुनासो
-
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
-
एमाजनलाई उछिनेर विश्वको पाँचौं मूल्यवान कम्पनी बन्यो स्पेसएक्स
-
रुसमाथि पुनः तेल प्रतिबन्ध लगाइने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण