शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

फेरि खुल्यो जयनेपाल हल

शुक्रबार, १८ वैशाख २०८३, १३ : २१
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • लामो समयदेखि बन्द रहेको जयनेपाल हल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ ।
  • सञ्चालकले सुरुमा नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शन गर्ने योजना बनाए पनि ‘राजा शिवाजी’ रिलिज गरेर हल सञ्चालनमा ल्याएका छन् ।
  • ३०६ सिट क्षमता रहेको यस हलमा सुतेर हेर्ने दर्शकका लागि ८०० रुपैयाँ शुल्क तोकिएको छ ।

काठमाडौँ । लामो समयदेखि बन्द रहेको जयनेपाल हल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । शुक्रबार बिहान एक कार्यक्रमका बिच हलको सुरुवात गरिएको हो । सो अवसरमा नीर शाह, रवीन्द्र खड्का लगायत थुप्रै फिल्मकर्मी सहभागी थिए ।

नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शन गरेर हल सञ्चालनमा ल्याउने तयारी गरेका सञ्चालकले ‘लालीबजार’ रोकिएपछि ‘राजा शिवाजी’ रिलिज गर्दै सञ्चालनमा ल्याएको सञ्चालक मध्यका एक गोपाल कायस्थले बताए ।

यसअघि क्यूएफएक्सको माउ कम्पनी क्वेस्ट इन्टरटेनमेन्टले सञ्चालनमा ल्याएको यो हल बन्द भएपछि बज इन्टरटेनमेन्टले सञ्चालनमा ल्याएको हो ।

हलमा कुल ३०६ वटा सिट छन् । सुतेर हेर्ने दर्शकलाई ८०० रुपैयाँ, बालकोनीमा ५०० र सामान्य सिटको लागि ३५० रुपैयाँ शुल्क तोकिएको छ । यो हलका सञ्चालकमा बज इन्टरटेनमेन्टका रुपेश श्रेष्ठ र उत्सव शाही को सिन सहकार्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप