श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा तीन वटा महत्वपूर्ण कामको घोषणा गरेका छन् ।
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस दिवसको अवसरमा मन्त्री यादवले भिडियो सन्देश जारी गर्दै पहिलो घोषणाअन्तर्गत पाँच वर्षे राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको बताए । उक्त कार्यक्रमले प्रत्येक श्रमिकको सुरक्षा, स्वास्थ्य र सुरक्षित कार्य वातावरणको अधिकार सुनिश्चित गर्ने उनको भनाइ छ ।
दोस्रो घोषणामा विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद, सूचना प्रवाह र समस्या समाधानलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली दूतावासमा रहेका श्रम सहचारी/कन्सुलरबाट हप्तामा एक पटक फेसबुक लाइभ कार्यक्रम सञ्चालन गरिने पनि मन्त्री यादवले उल्लेख गरे ।
मन्त्री यादवले तेस्रो घोषणमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकहरुले घडेरी खरिद गर्नका लागि ६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने उल्लेख गरे। त्यसबाहेक रु एक करोड ५० लाखसम्म नियमानुसार सापटी लिन सक्ने व्यवस्था मिलाइएको पनि उनको भनाइ छ । यसका अतिरिक्त नीतिगत सुधार, संस्थागत पुनर्संरचना तथा नवीन रोजगारी सृजनाका कार्यक्रमहरू पनि अघि बढिरहेको उनले बताए ।
मन्त्री यादवले भिडियो सन्देशमा श्रमको सम्मान नै देश विकासको आधार हो’ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै सबै क्षेत्रका श्रमिकका लागि उचित पारिश्रमिक, मर्यादित कामको वातावरण र श्रम अधिकार सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण