पहिरोले डोजर पुर्दा चालकको मृत्यु
शुक्रबार, १८ वैशाख २०८३, २० : ०५
म्याग्दी । रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ । बेगको भिजरादेखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिँदा रघुगङ्गा गाउँपालिका–२ भगवतीका ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनास्थलमा रहेका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले अन्य डोजर र ब्याकुहोलोडर परिचालन गरेर पहिरोमा पुरिएका कार्कीको शव निकालेर परीक्षणका लागि प्रदेश अस्पताल बेनीमा पठाएको जानकारी दिए । उनका अनुसार कार्की उक्त डोजरका चालक हुन् ।
सडकको मार्ग खनिरहेको अवस्थामा मिथिबाट सुक्खा पहिरो खसेर डोजर र चालकलाई पुरेको थियो । प्रहरी र स्थानीयवासीले करिब चार घण्टाको प्रयासपछि पहिरोबाट कार्कीको शव निकालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
-
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
-
गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू
-
१० बजे १० समाचार : विश्वविद्यालय हाँक्नेहरुको टुंगोदेखि संवैधानिक परिषद्को निर्णयसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण