आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

रामेछापमा ४० वर्षीया महिलामाथि जबरजस्ती करणी

शनिबार, १९ वैशाख २०८३, १७ : ५१
शनिबार, १९ वैशाख २०८३

सारांश

  • रामेछापको उमाकुण्ड गाउँपालिकामा एक ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ४१ वर्षीय बम बहादुर दमाई पक्राउ परेका छन्।
  • महिलाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले आरोपित दमाईलाई नियन्त्रणमा लिएको हो।
  • प्रहरीले पक्राउ परेका दमाईमाथि जबरजस्ती करणी कसुरअन्तर्गत कानुनी प्रक्रिया अगाडि बढाएको छ।

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४१ वर्षीय पुरुष पक्राउ परेका छन्। 

उमाकुण्ड गाउँपालिका-७ बुन्देलडाँडा बस्ने माझी भन्ने बम बहादुर दमाईलाई ४० वर्षीया महिलामाथि करणी गरेको आरोपमा शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

दमाईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछाप र स्थानीय प्रहरी युनिटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले सक्रियता देखाउँदै आरोपितलाई समातेको हो।

हाल प्रहरीले पक्राउ परेका दमाईमाथि जबरजस्ती करणी कसुरअन्तर्गत आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ। घटनाको सम्बन्धमा थप सूक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप