नरहने भयो सुशीला कार्कीले गरेको विवादास्पद नियुक्ति
आइतबार, २० वैशाख २०८३, ०७ : ३५
सारांश
- सुशीला कार्कीले आफू प्रधानमन्त्री हुँदा राष्ट्रिय प्रकृति संरक्षण कोषमा आदर्शकुमार श्रेष्ठलाई अध्यक्षमा नियुक्ति गरेकी थिइन् ।
- प्रमुख स्वकीय सचिवलाई कोषमा नियुक्ति दिलाएको भन्दै कार्की आलोचित भएकी थिइन् ।
- राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेशसँगै आदर्शकुमार श्रेष्ठको पद समेत जाने भएको छ ।
काठमाडौँ । सुशीला कार्कीले आफू प्रधानमन्त्री हुँदा राष्ट्रिय प्रकृति संरक्षण कोषमा आदर्शकुमार श्रेष्ठलाई अध्यक्ष नियुक्ति गरेकी थिइन् ।
नयाँ सरकार बन्नुअघि प्रमुख स्वकीय सचिवलाई कोषमा नियुक्ति दिलाएको भन्दै कार्की आलोचित समेत भएकी थिइन् ।
तर, उनै आदर्श कुमार श्रेष्ठको पद समेत राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेशसँगै जाने भएको छ ।
‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ मा ‘राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ को दफा ५ बमोजिमका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरू’ पदमुक्त हुने उल्लेख छ । ‘राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ को दफा ५ बमोजिम नै आदर्शको समेत नियुक्ति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू
-
१० बजे १० समाचार : विश्वविद्यालय हाँक्नेहरुको टुंगोदेखि संवैधानिक परिषद्को निर्णयसम्म
-
‘नयाँ क्रियाशील सदस्यता अभियान’ सफल पार्न महिला सङ्घले खटायो प्रतिनिधि
-
मधेसका हाेटलहरूकाे अनुगमन
-
चीनसँगको व्यापार असन्तुलन सम्बोधनका लागि ‘संवादले नतिजा दिनुपर्छ’ : इयू
-
‘सरकार विघटनको बाटो खुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण