शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन गरिएको छ । किसान वर्गीकरण गरी परिचयपत्र तयार पार्ने, राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने र सोही आधारमा आवश्यक सुविधा दिने उद्देश्यसहित कार्यक्रम अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।
नगरको कृषि विकास शाखाका अधिकृत विनय जोशीले प्रारम्भिक चरणमा छ जना गणक नियुक्त गरी वडा नं ६ र १० मा सूचीकरणको काम सुरु गरिएको र त्यहाँ सम्पन्न भएपछि वडा नं ७, ८ र ९ मा समेत कार्यक्रम विस्तार गर्ने योजना रहेको जानकारी दिए। त्यसपछि नगरपालिकाका १२ वटै वडामा क्रमशः किसान सूचीकरणको कार्य हुने उनले बताए ।
“खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ को दफा १४ अनुसार किसानको पहिचान गरी सरकारी सेवासुविधा पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो”, शाखा अधिकृत जोशीले भने,“सूचीकरण प्रणालीमार्फत किसानका व्यक्तिगत तथा कृषि व्यवसायसम्बन्धी विवरण विद्युतीय प्रणालीमा सङ्कलन गरिनेछ । जसले किसान लक्षित कार्यक्रम गर्न सहज हुनेछ ।”
कृषि विकास शाखा प्रमुख करनसिंह बुढाऐरले सूचीकरणले वास्तविक किसानको पहिचान गर्न, कृषि क्षेत्रमा हुने दोहोरोपन हटाउन, कृषकलाई एकीकृत तथ्याङ्कमा ल्याई आगामी दिनमा सेवासुविधा प्रभावकारी रूपमा वितरण गर्न सहयोग पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण