रास्वपाले अनुमोदन गर्यो तीन वटा मस्यौदा
आइतबार, २० वैशाख २०८३, १७ : ४८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३, महाधिवेशन कार्यविधि २०८३ र संसदीय दलको विधान संशोधन सम्बन्धी मस्यौदा अनुमोदन गरेको छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको सचिवालय बैठकले तीन वटा मस्यौदा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार आगामी स्थानीय तह निर्वाचनमा रास्वपाको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने प्रावधान राखिएको छ ।
महाधिवेशन कार्यविधि र संसदीय दलको विधानमा केही संशोधन भएको उनले जानकारी दिए । तीन वटै मस्यौदा बैठकमा पेस भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण