बलवा नगरपालिकामा वैशाख २८, २९ र ३० गते खोप सेवा सञ्चालन गरिँदै
महोत्तरी । बलवा नगरपालिकाको दुई वडामा दादुरा रोगको सङ्क्रमित फेला परेका छन् । बलवा – ९ ध्रुवकुण्ड र बलवा –८ संरचियामा सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका खोप फोकल पर्सन रामबाबु यादवले ध्रुवकुण्ड र संरचिया गाउँमा गत साता दादुरा सङ्क्रमित फेला जानकारी दिए । दुवै बस्तीका बालबालिका ज्वरो आएर धमौरामा अवस्थित स्वास्थ्यचौकीमा जाँचकाक्रममा सो रोग पुष्टि भएको हो । स्वास्थ्यचौकीका इञ्चार्ज सिअहेव सञ्जयकुमार साहले ती बालबालिकाहरुमा लक्षण देखेपछि तत्कालै स्वास्थ्य कार्यालयमा जानकारी गराएका थिए । बालबालिकाहरुको सेरम (दादुरा जाँचको लागि आवश्यक पर्ने रगत) परीक्षणको लागि जनकपुरस्थित प्रयोगशालामा पठाइएको थियो ।
सेरम चाँजपछि ती सबै बालबालिकामा पोजेटिभ चिह्नअर्थात् दादुरा रहेको पुष्टि भएको फोकल पर्सन यादवले बताए । दादुरा भएको पुष्टि भएसँगै यही वैशाख १५ गते बलवा नगरपालिकाको सङ्क्रमित बस्तीमा विश्व स्वास्थ्य सङ्गठन धनुषा शाखा, मधेस प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय महोत्तरी, युनिसेफ र बलवा नगरपालिकाको स्वास्थ्य टोलीले संयुक्त रुपमा पुगेर घरघरमा चाँज गरेको छ । यसमा थप बालबालिकामा दादुरा फेला नपरेको फोकल पर्सन यादवले बताए ।
सङ्क्रमित बालबालिकाहरुमा दादुरा नियन्त्रणका लक्षणमा आधारित उपचार गरिएको छ । बलवा नगरपालिकाले नगरक्षेत्रका कुनै पनि खोप छुटेका बालबालिकाहरुका लागि यही वैशाख २८, २९ र ३० गते खोप सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामूहिक आवासका लागि पाँच करोड विनियोजन
-
ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा
-
कक्षा १२ को नतिजा ४० दिनमा आएको भन्दै शिक्षामन्त्रीले दिए धन्यवाद
-
नेपाल विश्वविद्यालयले स्नातक तहअन्तर्गतको शैक्षिक कार्यक्रम सुरु गर्ने
-
विश्वकपकै बिचमा मोरोक्कोका कप्तान हाकिमी संकटमा, बलात्कारको मुद्दा खेप्नुपर्ने
-
चिकित्सकको क्षमतामाथि टिप्पणीको विरोध, आत्मालोचना गर्न वीर–ट्रमाका करार चिकित्सकको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण