बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पेट्रोलियमको कर घटाएर जनतालाई राहत दिनुपर्छ : सोम शर्मा

मङ्गलबार, २२ वैशाख २०८३, १३ : ११
मङ्गलबार, २२ वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोम शर्माले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर जनतालाई राहत दिनुपर्ने माग गरेका छन् ।
  • उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले बजारमा महँगी बढाएको र यसले व्यापारमा मन्दी ल्याएको बताए ।
  • सांसद शर्माले संसदीय समितिका निर्देशनहरू कार्यान्वयन नभएकोमा असन्तुष्टि व्यक्त गर्दै कार्यान्वयन प्रणाली बसाल्नुपर्नेमा जोड दिए ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोम शर्माले पेट्रोलियम पदार्थमा लगाइएको करका कारण जनताको क्रय शक्ति घटेको भन्दै कर समायोजन गर्न सरकारसँग माग गरेका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले बजारमा महँगी बढाएको बताएका हुन् ।

सांसद शर्माले भने, ‘सरकारले पेट्रोलियम पदार्थमा धेरै कर लिइरहेको छ । यो कर अलिकति मात्र घटाए पनि मूल्य कम हुन्छ र जनताले राहत पाउँछन् ।’ उनले इन्धनको मूल्य बढ्दा सामानको दाम बढ्ने र त्यसले व्यापारमा मन्दी ल्याउने भन्दै यसमा समन्वय गर्न आग्रह गरे ।

बैठकमा उनले संसदीय समितिका निर्देशनहरू कार्यान्वयन नभएकोमा पनि असन्तुष्टि व्यक्त गरे । ‘हामीले धेरै बैठक बसेर निर्देशन दिन्छौँ, तर ती निर्देशनहरू कति पालना भए ?’ भन्दै उनले सचिव र कर्मचारीसँग त्यसको विवरण मागे । 

अब निर्देशन दिने मात्र नभई, ती निर्देशनहरू लागू हुने प्रणाली बसाल्नुपर्नेमा उनले जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप