सुकुमबासी मृत्यु प्रकरण : परिवारले बुझे शव, अनुसन्धान जारी
सारांश
- काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित सुकुमबासी बस्ती नजिक बागमती किनारमा मृत भेटिएका ईन्द्रबहादुर राईको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरी परिवारले शव बुझेका छन् ।
- खोटाङका ६१ वर्षीय राईको सरकारले टहरो भत्काएपछि आत्महत्या गरेको आशङ्का गरिए पनि प्रहरीले डुबेर मृत्यु भएको प्रारम्भिक विवरणसहित अनुसन्धान गरिरहेको छ ।
- राईका परिवार हाल ललितपुरको धोविघाटमा बसेर काजकिरिया गरिरहेका छन् र मङ्गलबार रङ्गशालामा आफ्नो विवरण टिपाउन जाने भएका छन् ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खु स्थित सुकुमबासी बस्ती नजिक बागमती किनारमा मृत भेटिएका ईन्द्रबहादुर राईको पोस्टमार्टम भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेर परिवारले उनको शव बुझेका हुन् । वैशाख २० मा परिवारले शव बुझेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ घर भएका ६१ वर्षीय राई बंसिघाटको सुकुमबासी बस्तीमा बस्दै आएका थिए । आफ्नो टहरोमा सरकारले डोजर चलाएपछि उनले आत्महत्या गरेको आशङ्का छ । तर, प्रहरीले उनको मृत्युबारे अनुसन्धान गरिरहेको छ ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले अनुसन्धान अधिकृतहरूलाई पोस्टमार्टमको प्रारम्भिक विवरणबारे बताएका छन् । प्रारम्भिक पोस्टमार्टम रिपोर्ट अनुसार राईको ‘डुबेर मृत्यु’ भएको देखिएको छ । तर, पोस्टमार्टमको लिखित रिपोर्ट भने आएको छैन ।
अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृत भन्छन्, ‘पोस्टमार्टमको लिखित रिपोर्ट आएको छैन, चिकित्सकहरूले डुबेर मृत्यु भएको प्रारम्भिक विवरण दिएका छन् ।’
राईका परिवार अहिले ललितपुरको धोविघाटमा बसेर काजकिरिया गरिरहेका छन् । सरकारले टहरो भत्काएपछि उनीहरू होल्डिङ सेन्टरमा गएका छैनन् । सरकारले दशरथ रङ्गशालामा सुकुमबासीको विवरण टिपाउन आग्रह गरेपनि उनीहरूले अहिलेसम्म आफ्नो परिवारको विवरण टिपाएका छैनन् ।
पारिवारिक स्रोतका अनुसार मङ्गलबार उनीहरू रङ्गशालामा आफ्नो विवरण टिपाउन जाने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकाेप्टरमार्फत उद्धार
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
-
आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीमा छैन : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण