आधिकारिकता विवाद टुङ्गिएपछि गगन–शेखरबिच पहिलो पटक भेटवार्ता
काठमाडौँ । पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतले टुङ्ग्याएपछि नेपाली कांग्रेस सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबिच पहिलो पटक भेटवार्ता भएको छ ।
मङ्गलबार बिहान कोइरालाको विशालनगरस्थित सचिवालयमा ४५ मिनेट भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
‘सभापति बिहान सचिवालयमा आउनुभएको थियो । उहाँहरूबिच साढे ९ बजेदेखि सवा १० बजेसम्म ४५ मिनेट कुराकानी भएको हो,’ स्वकीय सचिव थपलियाले रातोपाटीसँग भने ।
भेटमा पार्टीको आधिकारिकता सम्बन्धी विवाद टुङ्गिएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको थियो । भेटमा के निष्कर्ष निस्कियो भन्ने विषय बाहिर आएको छैन ।
डा. कोइरालाका स्वकीय सचिव थपलियाले भेटमा के कुराकानी भयो भन्ने आफूलाई जानकारी नभएको बताए ।
पार्टीको आधिकारिकतासम्बन्धी विवाद टुङ्गिएपछि सभापति थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग वैशाख ६ गते भेटवार्ता गरेका थिए ।
सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले आजै फेरि निवर्तमान कार्यवाहक सभापति खड्कासँग छलफल गर्ने तय भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण