खुर्कोट–भकुन्डेबेँसी सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक
मङ्गलबार, २२ वैशाख २०८३, १६ : ४६
काठमाडौँ । बीपी राजमार्ग अन्तर्गत खुर्कोटमा मङ्गलबारबाट अर्काे सूचना जारी नभएसम्म प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आज एक सूचना जारी गर्दै उक्त सडकखण्डको खुर्कोट–भकुन्डेबेँसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाएको हो ।
रोशी खोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला रोक लगाउन सकिने प्रशासनले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकलाई अत्यधिक समय कार्य नगराउन निर्देशन
-
पेट्रोलको मूल्य स्थिर
-
नेपाल दलित सङ्घको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त
-
फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ
-
इन्स्पेक्टर सन्तोष खड्का उत्कृष्ट प्रहरी घोषित
-
१० बजे १० समाचार : ‘प्रदेश सरकारहरूको बजेट’देखि ‘११४ जनाको शैक्षिक प्रमाणपत्रमाथि एक साथ छानबिन’सम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण