बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

युवालाई नीति निर्माणमा जोड्न पाटन क्याम्पसमा ‘नमूना संसद् अभ्यास’

बुधबार, २३ वैशाख २०८३, १५ : ४४
बुधबार, २३ वैशाख २०८३

काठमाडौँ ।  युवा पुस्तालाई मुलुकको नीति निर्माण तथा कानुन कार्यान्वयनको तहसम्म सहभागी हुन उत्प्रेरित गर्ने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषद् नेपालले ‘नमूना संसद अभ्यास–२०८३’ आयोजना गरेको छ। 

ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा आयोजित यस विशेष कार्यक्रममा युवाहरूलाई विधायिकी प्रक्रियाका बारेमा व्यावहारिक प्रशिक्षण र अभ्यास गराइएको थियो।

यस नमूना संसद अभ्यासले सहभागी युवाहरूमा मुलुकको विद्यमान संसदीय प्रणाली, कानुन निर्माणका विभिन्न चरणहरू र यसको कार्यान्वयन प्रक्रियाका बारेमा गहिरो बुझाइ विकसित गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ। स्ववियु परिषद्का अनुसार यस कार्यक्रमले युवाहरूमा लोकतान्त्रिक मूल्य–मान्यता, संवैधानिक अन्तर्वस्तु तथा नेतृत्व विकासका विविध आयामहरूमा क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

विद्यार्थीहरूलाई संसदीय मर्यादा, सदनमा हुने बहस र छलफलका प्रक्रियासँग प्रत्यक्ष रूपमा परिचित गराउँदै उनीहरूलाई राज्यका नीति निर्माण तहमा भविष्यमा पुग्न प्रोत्साहित गर्नु नै यस अभ्यासको मुख्य ध्येय रहेको छ। मुलुकको राजनीतिक र प्रशासनिक प्रणालीप्रति युवाहरूको चासो बढाउन र उनीहरूलाई जिम्मेवार नागरिकका रूपमा तयार पार्न यस्ता रचनात्मक अभ्यासहरू निकै उपयोगी हुने विश्वास परिषद्ले व्यक्त गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप