जेनजी आन्दोलनमा जलेका सबै गाडी र मोटरसाइकल लिलाम गर्ने गण्डकी सरकारको निर्णय
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशका सबै मन्त्रालयमा आगलागीबाट जलेर क्षति भएका सवारी साधन र सामानहरूको लिलामी प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।
सबैखाले गाडी, मोटरसाइकल, साइकल, टहरा लगायतका जलेका र काम नलाग्ने अवस्थामा रहेका सम्पूर्ण सामग्रीहरूको लिलामी गर्न लागिएको सरकारका प्रवक्ता जितबहादुर शेरचनले जानकारी दिए ।
यस्ता सामान कति छन् भन्ने विवरण अझै खुलेको छैन । प्रारम्भिक तथ्याङ्क अनुसार प्रदेशमा १ सय ३८ वटा सरकारी कार्यालय र ६१ निजी संरचनामा क्षति भएको विवरण मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसदलाई जानकारी गराएका थिए । प्रदेश भित्र ३ सय ६१ वटा दुई पाङ्ग्रे सवारी साधनमा आगजनी भएको थियो भने ७ वटा तोडफोड र ३ वटा हराएको छ ।
यस्तै, १ सय ६१ वटा चार पाङग्रे सवारी साधनमा आगजनी भएको छ भने ३१ वटा तोडफोड भएको छ । यसबाट सरकारी भवन र सवारी साधन गरी झण्डै २ अर्ब र निजी क्षेत्र तर्फ झण्डै ३ अर्बको क्षति भएको पाण्डेले जानकारी दिए । सबै मन्त्रालयलाई यस्ता सामानको मुचुल्का उठाएर लिलामी प्रक्रियामा जान बाटो खुला गरिएको प्रवक्ता शेरचनले बताए ।
‘यकिन विवरण अझै प्राप्त भैसकेको छैन । यस्तो सङ्ख्या निकै ठुलो छ भन्ने अनुमान छ,’ उनले भने, ‘जति भएपनि लिलाम प्रक्रियामा लैजाने निर्णय गरिएको छ ।’
बैठकले बजेट रकमान्तर सम्बन्धी कार्यविधिलाई सहज बनाएको छ। अब सम्बन्धित मन्त्रालयहरूले नै आफ्नो आवश्यकता र औचित्यका आधारमा रकमान्तर गर्न सक्नेछन् भने त्यसको अन्तिम अभिलेखीकरण अर्थ मन्त्रालयबाट हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ
-
इन्स्पेक्टर सन्तोष खड्का उत्कृष्ट प्रहरी घोषित
-
१० बजे १० समाचार : ‘प्रदेश सरकारहरूको बजेट’देखि ‘११४ जनाको शैक्षिक प्रमाणपत्रमाथि एक साथ छानबिन’सम्म
-
रास्वपा महाधिवेशन : सात हजार भन्दा बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै
-
मेडिकल र डेन्टलका इन्टर्न चिकित्सकको भत्ता समान बनाउन चिकित्सा शिक्षा आयोगको निर्देशन
-
रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण