मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपाल ‘ए’ले खेल्ने त्रिकोणात्मक शृङ्खलाको खेल तालिका सार्वजनिक

बुधबार, २३ वैशाख २०८३, २१ : ३३
बुधबार, २३ वैशाख २०८३

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक गरेको छ ।

बिहीबारदेखि सुरु हुने उक्त शृङ्खला यही वैशाख २८ गतेसम्म चल्ने क्यानद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । त्रिकोणात्मक क्रिकेट शृङ्खलामा नेपाल ‘ए’, स्कटल्याण्ड र अमेरिका सहभागी हुनेछन् ।

खेल तालिकाअनुसार नेपाल ‘ए’ले बिहीबार पहिलो खेल स्कटल्याण्ड, वैशाख २५ गते दोस्रो खेल अमेरिकासँग, वैशाख २६ गते तेस्रो खेल स्कटल्याण्डसँग र चौथो खेल वैशाख २८ गते अमेरिकासँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप