सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिने, औपचारिक पोसाकमा बोलाइयो
बुधबार, २३ वैशाख २०८३, २१ : ५६
काठमाडौँ । संघीय संसद् सचिवालयले संसद्का सदस्यहरूको विद्युतीय हाजिरी प्रणालीलाई प्रभावकारी बनाउन बायोमेट्रिक विवरण र औपचारिक तस्विर संकलन गर्ने भएको छ ।
यसका लागि सचिवालयले सांसदहरूलाई मिति, समय र स्थान तोकेर उपस्थित हुन सूचना जारी गरेको छ ।
सचिवालयले आज जारी गरेको सूचनाअनुसार सांसदहरूले वैशाख २४, २५ र २८ गते आफ्नो समितिको कार्यतालिकाअनुसार उपस्थित हुनुपर्नेछ । बिहान १० बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म सार्वजनिक लेखा समिति वा अर्थ समितिको सभाकक्षमा यो कार्य गरिनेछ ।
सदस्यहरूलाई संघीय संसदको लोगो लगाएको औपचारिक पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ, जहाँ उनीहरूको बायोमेट्रिक विवरण लिई औपचारिक तस्बिर खिचिनेछ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण