दिनदहाडै खुकुरी प्रहार गरेर हत्या प्रकरण : पक्राउ परेका ३ जनामाथि ७ दिन म्याद थप
काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नम्बर–१० स्थित पोडेटोलमा दिनदहाडै खुकुरी प्रहार गरेर हत्या गर्ने ३ जनामाथि बिहीबार काठमाडौँ जिल्ला अदालतबाट ७ दिन म्याद थप गरिएको छ ।
बुधबार ३ जना मिलेर खुकुरी प्रहार गर्दा गुल्मीको धुर्कोट गाउँपालिका घर भएका बिपिन घिमिरेको मृत्यु भएको थियो ।धारिलो हतियार प्रहारबाट घाइते भएका घिमिरेको उपचारको क्रममा देवढोका स्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो।
हत्यामा संलग्न रहेको भन्दै पक्राउ परेका अछामको साँफेबगर नगरपालिका वडा नम्बर ४ घर भई जिल्ला कीर्तिपुर नगरपालिका ९ भाजंगल बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ घर भई कीर्तिपुर नगरपालिका १० पाँगा दोबाटो बस्ने २३ वर्षीय रविन्द्र धामी र कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ घर भई कीर्तिपुर नगरपालिका ८ सिनेमा हल बस्ने २२ वर्षीय रोशन बिष्टमाथि ७ दिन म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक(एसपी) पवन भट्टराईले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेनिज उन्डाभको दुई गोलले पल्टियो नतिजा: विगतको असफलता चिर्दै जर्मनी नकआउट चरणमा
-
जर्मनीका ‘सुपर सब’ डेनिज उन्डाभ चम्किए, खेल रोमाञ्चक मोडमा
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण