कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न
सारांश
- कीर्तिपुरको पोडेटोलमा बुधबार ३ जनाले खुकुरी प्रहार गर्दा गुल्मीका विपिन घिमिरेको मृत्यु भएको छ।
- हत्यामा वैशाख २१ गते कीर्तिपुरको हिरासतबाट छुटेका एक युवकको संलग्नता देखिएको प्रहरीले जनाएको छ।
- घटनाको अनुसन्धानका लागि प्रहरीले ३ जना शङ्कितलाई नियन्त्रणमा लिएको छ र फरार मुख्य योजनाकार राजेन्द्र विष्टको खोजी गरिरहेको छ।
काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नम्बर–१० स्थित पोडेटोलमा दिनदहाडै खुकुरी प्रहार गरेर हत्या गर्नेमा आपराधिक पृष्ठभूमिका युवक संलग्न रहेको भेटिएको छ । बुधबार ३ जना मिलेर खुकुरी प्रहार गर्दा गुल्मीको धुर्कोट गाउँपालिका घर भएका बिपिन घिमिरेको मृत्यु भएको थियो ।
हत्यामा हिरासतबाट छुटेका एक जना युवकको संलग्नता देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘वैशाख २१ मा कीर्तिपुरको हिरासतबाट छुटेका एक जना युवक पनि संलग्न रहेको देखिन्छ, हामी अनुसन्धान गर्दै छौँ ।’
धारिलो हतियार प्रहारबाट घाइते भएका घिमिरेको उपचारको क्रममा देवढोका स्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो । घटनामा स्थलमा सुरुमा ४ जना र पछि थप एक जना आएको देखिन्छ दृश्य सिसिटिभीमा देखिन्छ । तर, हत्यामा ३ जना मात्रै संलग्न रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
सोधपुछको लागी प्रहरीले ३ जना शङ्कितहरूलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानमा जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरको टोली परिचालन गरिएको छ । एक जना युवकले सुरुमा उनलाई पछाडिबाट खुकुरी प्रहार गरेको सिसिटिभीमा देखिन्छ ।
प्रहरी स्रोतका अनुसार महेन्द्रनगर घर भएका राज भन्ने राजेन्द्र विष्टले आक्रमणको नेतृत्व गरेका थिए । उनी फरार छन् ।
खुकुरी प्रहारमा संलग्नहरूको खोजी भइरहेको एसपी भट्टराईले बताए । उनले भने, ‘आरोपीहरूको पहिचान भएको छ, हामी खोज्दै छौँ ।’ आरोपीहरू पहिले पनि मुद्दा चलेका युवाहरू संलग्न देखिएका छन् । मृतक र हत्यामा संलग्नहरू पूर्व परिचित हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण