बजेटमा अपाङ्गता भएका व्यक्तिका सवाल समेट्न माग
शुक्रबार, २५ वैशाख २०८३, १७ : ०६
सारांश
- राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल, कोशी प्रदेशले आगामी आ.व. २०८३–०८४ को नीति तथा बजेटमा अपाङ्गता भएका व्यक्तिका सवाल समेट्न कोशी प्रदेश सरकारसँग माग गरेको छ।
- महासंघले शिक्षा, स्वास्थ्य, रोजगारी, पुनःस्थापना, पहुँचयुक्त संरचना र सामाजिक सुरक्षालाई प्राथमिकता दिन आग्रह गर्दै ३७ बुँदे सुझावसहित ज्ञापनपत्र बुझाएको छ।
- सार्वजनिक यातायातमा सहुलियत, निःशुल्क स्वास्थ्य उपचार, सहायक सामग्री, छात्रवृत्ति, सीप विकास तथा स्वरोजगार कार्यक्रम विस्तार गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।
विराटनगर । राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल, कोशी प्रदेशले आगामी आ.व. २०८३–०८४ को नीति तथा बजेटमा अपाङ्गता भएका व्यक्तिका सवाल समेट्न कोशी प्रदेश सरकारसँग माग गरेको छ।
महासंघले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत ३७ बुँदे सुझावसहित ज्ञापनपत्र बुझाउँदै शिक्षा, स्वास्थ्य, रोजगारी, पुनःस्थापना, पहुँचयुक्त संरचना र सामाजिक सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको हो।
ज्ञापनपत्रमा सार्वजनिक यातायातमा सहुलियत, निःशुल्क स्वास्थ्य उपचार, सहायक सामग्री, स्रोत कक्षा, छात्रवृत्ति, सीप विकास तथा स्वरोजगार कार्यक्रम विस्तार गर्नुपर्ने उल्लेख गरिएको छ।
महासंघका अध्यक्ष नवीन चन्द्र ढुंगेलले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न सबै मन्त्रालयले आवश्यक बजेट तथा कार्यक्रम समावेश गर्नुपर्ने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण