११ वर्षपछि ग्रामीण सडक कालोपत्रे
बागलुङ । विकासका हिसाबले ओझेलमा परेको रामतोला गाउँ जोड्ने सडक कालोपत्रे गरिएको छ । सदरमुकाम रहेको बागलुङ नगरपालिकामा पर्ने रामतोला गाउँ जोड्ने सडक पहिलो पटक कालोपत्रे गरिएको हो ।
भौगोलिक विकटताका कारण पछाडि परेको यस गाउँलाई जोड्न २०७२ सालमा मार्ग खुलेको थियो । मार्ग खुलेको ११ वर्षपछि अहिले कालोपत्रे गरिएको हो । सडकको बागलुङ नगरपालिका–१० भकुण्डे डोटेतालदेखि रामतोलासम्म करिब पाँच किलोमिटर पर्छ । यस वर्ष स्तरोन्नतिसहित एक किलोमिटर कालोपत्रे गरेर सुरुआत भएको बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए । पहिलो चरणमा अत्यन्तै साँघुरो र अप्ठ्यारो रहेको स्थानबाट कालोपत्रे गरिएको उनको भनाइ छ ।
अध्यक्ष गौतमले भने, “जिल्ला सदरमुकामै पर्ने भए पनि रायडाँडा, रामतोला गाउँ विगतदेखि नै ओझेलमा पर्दै आएका थिए, यस वर्ष सङ्घीय सरकारको लगानीमा रामतोला गाउँ जोड्ने सडकको थालनी गरेका छौँ, अब हरेक वर्ष निरन्तर काम गर्दै गएर गाउँसम्मै कालोपत्रे सडक पुग्ने छ ।”
सङ्घीय सरकारले विनियोजन गरेको रु दुई करोड ९५ लाखमा उक्त सडक कालोपत्रे भएको हो । सडक डिभिजन कार्यालयमार्फत कालोपत्रेको काम भएको हो । विसं २०८२ वैशाखमा हिलसाइड/पीके जेभीले आगामी जेठ २५ गते सक्ने गरी जिम्मा पाएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर विष्णु लामिछानेले जानकारी दिए ।
एक किलोमिटर सडक फराकिलो बनाउने, नाली निर्माण, ग्याविन लगाउनेदेखि कालोपत्रे गर्नेसम्मको काम गरेको उनको भनाइ छ । ट्रयाक खुलेदेखि अहिलेसम्म स्तरोन्नति नहुँदा कम दूरीको सडक कालोपत्रे गर्न ठुलो लागत लागेको इन्जिनियर लामिछाने बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहिद परिवारका १६ जनालाई प्राधिकरणमा रोजगारी
-
इनड्राइभमा यात्रा गर्दा विश्वकप फुटबल हेर्ने फ्री पास जित्ने मौका
-
घोराही उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक : बाँझो जमिन उपयोग गर्न भूमि बैंक र साप्ताहिक हाटबजार सञ्चालन गरिने
-
रक्षा बमको प्रश्न : जेनजी आन्दोलन यो सरकारको जरा हो, अब वाचा पूरा नगर्ने ?
-
उद्योग वाणिज्य महासंघ कोशीद्वारा चिया निर्यात अवरोध खुलाउन माग
-
मध्यपश्चिम विश्वविद्यालयका १९२८ विद्यार्थी दीक्षित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण