पानीको महत्त्व बुझ्न र यसको संरक्षण गर्न राजेश हमालको आग्रह
सारांश
- महानायक राजेश हमालले मानव जीवनका लागि पानी सबैभन्दा महत्त्वपूर्ण आधार भएको बताएका छन् ।
- उनले पानी, हावा र खाद्यान्न मानव जीवनका तीन आधारभूत आवश्यकता भएको र यी कुराहरूको अभाव भएमा अन्य कुनै पनि वस्तुको अर्थ नहुने बताए ।
- हमालले शरीरको ७५ देखि ८० प्रतिशत हिस्सा पानीले बनेको उल्लेख गर्दै पानीको संरक्षण गर्नु हरेक नागरिकको कर्तव्य भएको बताएका छन् ।
काठमाडौँ । नेपाली चलचित्रका महानायक राजेश हमालले मानव जीवनका लागि पानी सबैभन्दा महत्त्वपूर्ण आधार भएको बताउँदै यसको संरक्षणमा ध्यान दिन सबैलाई आग्रह गरेका छन् । पानी बिना मानव जीवन सम्भव नभएको उनको धारणा थियो ।
वरिष्ठ लोक गायक बम बहादुर कार्कीको नयाँ साङ्गीतिक सिर्जना ‘म हुँ पानी’ को सार्वजनिक कार्यक्रममा बोल्दै हमालले पानीको मूल्य र यसको मानवीय अस्तित्वसँगको सम्बन्धबारे विभिन्न धारणा राखेका थिए ।
‘मानव जीवनका तीन आधारभूत आवश्यकताहरू पानी, हावा र खाद्यान्न हो’, हमालले अगाडि भने ‘जबसम्म यी कुराहरू सहज रूपमा उपलब्ध हुन्छन्, हामीलाई यसको खासै महत्त्व हुँदैन र हामी भौतिक सुख सुविधाको पछि दौडिन्छौँ । तर जब यी आधारभूत कुराहरूको अभाव हुन थाल्छ, तब अन्य कुनै पनि वस्तुको अर्थ रहँदैन ।’
हाम्रो शरीरको ७५ देखि ८० प्रतिशत हिस्सा पानीले नै बनेको उल्लेख गर्दै हमालले पानीको संरक्षण गर्नु हरेक नागरिकको कर्तव्य भएको बताए । उनले भने, ‘पानी त हो नि भनेर यसलाई हेलचेक्र्याइँ नगरौँ, यो अत्यन्तै अमूल्य चिज हो । यसको उचित प्रयोग र संरक्षण गरौँ ।’
कार्यक्रममा हमालले गायक बम बहादुर कार्कीको योगदानको चर्चा गर्दै उनको सदाबहार गीत ‘पानको पात’ ले नेपालमा मात्र नभई विश्वभर चर्चा पाएको स्मरण गरे । आफू चलचित्र क्षेत्रमा आउनुभन्दा अगाडि नै कार्कीका गीतहरूमा नाच्ने गरेको बताउँदै उनले यस नयाँ प्रोजेक्टमा जोडिन पाउँदा खुसी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण