सार्वजनिक सवारीसाधन र राइड सेयरिङबिचकाे कानुनी भिन्नतालाई व्यवस्थित गर्छाैँ : मुख्यमन्त्री पाण्डे
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक सवारीसाधन र राइड सेयरिङकाबिच रहेका कानुनी र व्यावहारिक भिन्नतालाई व्यवस्थित गरिने बताएका छन् ।
आइतबार पोखरामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको राष्ट्रिय महाअधिवेशन उद्घाटन गर्दै विधिवत रूपमा दर्ता भएर सञ्चालनमा रहेका सार्वजनिक सवारीसाधन र राइड सेयरिङमा रहेका सवारीबिचको कानुनी र व्यावहारिक भिन्नतालाई व्यवस्थित गरिने बताएका हुन् ।
गत वर्ष राइड सेयरिङ सेवालाई कानुनी मान्यता दिँदा भएको विरोधका सन्दर्भमा मुख्यमन्त्री पाण्डेले व्यवसायीहरूलाई प्रविधिको महत्त्व बुझाउन आवश्यक रहेको धारणा राखे ।
बदलिँदो विश्व परिवेश अनुसार प्रविधिको अवलम्बन अपरिहार्य रहेको उनले बताए । यस क्षेत्रको समस्या समाधानका लागि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूले पनि कानुन निर्माण र लबिइङमा सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
त्यसैगरी नेपाली प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपालको जटिल भू–गोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। कास्की जिल्लाका प्रमुख जिल्ला अकिारी रुद्रादेवी शर्माले यातायात व्यवसायीहरूको हक हितका लागी शान्ती सुरक्षाका लागी प्रशासनका तर्फ बाट आवश्यकता अनुसारको सहयोग हुने बताए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात व्यवसायीहरूलाई राज्यले अपराधीको जस्तो व्यवहार गर्न बन्द गर्नुपर्ने धारणा राखे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने
-
सकियो ‘क्याप्टेन साब’को छायाङ्कन
-
साउदीको सीप परीक्षण विवाद : वैदेशिक रोजगार क्षेत्रमा तरङ्ग, सरकार बेखबर
-
हौसिएर बजेट बनाएपछि समस्यामा पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण