डोजर चलेर घर ढल्यो अनि बेहोस भइन् यशोदा
सारांश
- बाँकेको कोहलपुरमा डोजरले घर भत्काउँदा यशोदा विक बेहोस भएकी छन्।
- घर भत्किँदा लागेको चोट र तनावका कारण यशोदा अस्पताल भर्ना भएकी थिइन्।
- नगरपालिकाले सार्वजनिक जग्गा खाली गराउने अभियान अन्तर्गत हालसम्म १८० घरटहरा हटाइसकेको छ।
बुटवल । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान आसपासको बस्तीमा डोजर चल्दा एक दशकदेखि बस्दै आएकी ४५ वर्षीया यशोदा विक बेहोस भएकी छन् । सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रममा नगरपालिकाले हिजो दिउँसो उनको घर भत्काएपछि तनाव र चोटका कारण उनी अचेत बनेकी हुन् ।
स्थानीयका अनुसार डोजर आउने जानकारी पाएपछि विक घरमा पालेका भेडा निकाल्न गएकी थिइन् । सोही क्रममा भत्किँदै गरेको घरबाट खसेको सामग्री उनको ढाडमा लागेको थियो । घर भत्किएको तनाव र चोटका कारण उनी शनिबार दिउँसो करिब १ बजेतिर बेहोस भएको बताइएको छ ।
नगर विकास समितिको जग्गामा बनेका घरटहरा हटाउने क्रममा उनी बेहोस भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा घर भत्काइएपछि बाहिर निस्किएका बालबालिकाहरू रुँदै कराइरहेको तथा स्थानीयवासी आक्रोशित बनेको दृश्य देखिन्छ । विकका तीन साना बालबालिका छन् भने उनका श्रीमान् रोजगारीका लागि खाडी मुलुकमा छन् ।
_pMu6r4eRKl.jpg)
स्थानीयवासी तथा पत्रकार प्रदिप वाग्लेको सहयोगमा यशोदालाई एम्बुलेन्समार्फत कोहलपुर अस्पताल लगिएको थियो, तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि सन्जीविनी अस्पताल नेपालगन्ज पुर्याइएको उनले रातोपाटीलाई बताए ।
वाग्लेका अनुसार यशोदालाई नेपालगन्जस्थित अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले अत्यधिक तनावका कारण उनलाई यस्तो भएको बताएका थिए । अवस्था सामान्य भएपछि उनलाई फर्काइएको र आज पुनः ढाडको समस्याका कारण उनले स्वास्थ्य परीक्षण गराएकी वाग्लेले जानकारी दिए ।
कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने अभियानअन्तर्गत वडा नम्बर ११ स्थित क्रिकेट मैदान क्षेत्रमा बनेका घरटहरा हटाइरहेको छ । हिजो पहिलो दिन यशोदासहित ४० परिवारका घर भत्काइएका थिए भने आज थप १४० घरटहरा हटाइएको नगरपालिकाले जनाएको छ ।
कोहलपुर नगर विकास समितिको कोहलपुर ३ ख अन्तर्गत पर्ने करिब ३६ बिघा क्षेत्रफल अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियान दोस्रो दिन पनि जारी छ ।
यता वडा नम्बर ११ की अध्यक्ष कल्पना शर्माले नगर विकास समितिको जग्गा कब्जा गरेर ७५१ परिवार बसोबास गर्दै आएको बताएकी छन् । उनका अनुसार हिजो र आज गरी १८० घरटहरा हटाइसकिएको छ भने अभियान भोलि पनि जारी रहने रातोपाटीलाई बताइन् ।
_tuOb3A3t9B.jpg)
शर्माका अनुसार उक्त क्षेत्रमा ४१६ अव्यवस्थित बसोबासी, १७२ भूमिहीन दलित र १६३ भूमिहीन सुकुमबासी छन् । डोल्पा, हुम्ला, कालिकोटलगायत जिल्लाबाट आएर बसोबास गर्ने परिवार यहाँ धेरै रहेका उनले बताइन् ।
नगरपालिकाले वैशाख १६ गते १० दिने अल्टिमेटम जारी गर्दै अतिक्रमित क्षेत्र खाली गर्न आग्रह गरेको थियो । यसअघि २०८१ सालमै लागत संकलन गरी स्वेच्छाले हट्न आग्रह गरिएको नगरपालिकाको भनाइ छ ।
नगरपालिकाले अधिकांश व्यक्तिको अन्यत्र पनि घरजग्गा रहेको दाबी गर्दै वास्तविक घरबासविहीन परिवारको व्यवस्थापन गर्ने योजना रहेको जनाएको छ ।
गत वर्ष भूमिहीन सुकुमबासी तथा भूमिहीन दलितका रूपमा ७५१ जनाले फाराम भरे पनि तथ्यांक प्रमाणीकरणका क्रममा १५३ भूमिहीन दलित र १४१ भूमिहीन सुकुमबासी मात्रै वास्तविक रूपमा भेटिएका सम्बन्धित समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण