सदनलाई सरकारको ‘कठपुतली’ नबनाउन विपक्षीको आग्रह
सारांश
- विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन् ।
- विपक्षी दलका नेताहरूले संसद्लाई सरकारको कठपुतली बनाउन लागिएको भन्दै सभामुख अर्यालको ध्यानाकर्षण गराएका छन् ।
- नेकपा एमाले प्रमुख सचेतक ऐन महरले नीति तथा कार्यक्रममाथि एक दिन मात्र छलफल राखिएकोमा सभामुखसँग आपत्ति जनाएका छन् ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालसँग विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा विपक्षी दलका नेताहरूले संसद्लाई सरकारको कठपुतली बनाउन लागिएको भन्दै सभामुख अर्यालको ध्यानाकर्षण गराएका छन् ।
‘संसद्लाई सरकारको कठपुतली बनाएर हात्तीको देखाउने दाँत जस्तै बनाउने प्रयास भइरहेको छ । सबै काम कार्यकारीबाट भइरहेको छ’, नेकपा एमाले प्रमुख सचेतक ऐन महरले भने, ‘यसैका विषयमा सभामुखको ध्यानाकर्षण गराएका छौँ ।’
उनले आजको बैठकमा बोल्ने समय नै नराखिएको तथा नीति तथा कार्यक्रममाथि एक दिन मात्र छलफल राखिएकोमा सभामुखसँग आपत्ति जनाएको बताए ।
‘आज हामीले आकस्मिक समय माग गरेका छौँ । आकस्मिक समय नभए ढ्यापढ्यापे समय लिएर विपक्षीका तर्फबाट बोल्छौँ । यदि समय नदिए उभिएर बस्छौँ’, महरले बहिस्कारलगायतका अन्य गतिविधि भने नगर्ने जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण