सहमहामन्त्री विपिन आचार्यको समितिले विधान संशोधन प्रक्रिया अगाडि बढायो
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ-असोजमा हुने प्रथम महाधिवेशनको तयारीका लागि विधान संशोधन प्रक्रिया अगाडि बढाएको छ ।
- सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा गठन भएको समितिले विधान संशोधनको काम सुरु गरेको छ ।
- पार्टीको केन्द्रीय समितिको बैठकले महाधिवेशन कार्यविधि अनुमोदन गरेपछि मात्र सार्वजनिक गरिने महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ–असोजमा प्रथम महाधिवेशन गर्ने तयारी अगाडि बढेसँगै विधान संशोधन प्रक्रिया अगाडि बढाएको छ । सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा गठन भएको समितिले विधान संशोधन प्रक्रिया अगाडि बढाएको छ ।
वैशाख २० गते बसेको पार्टीको सचिवालय बैठकले आचार्यको संयोजकत्वमा विधान संशोधन समिति बनाएको थियो । सोमबारदेखि नै विधान संशोधनको काम सुरु हुने उनले जानकारी दिए ।
‘महाधिवेशनको मिति घोषणा र तयारीका लागि केन्द्रीय समितिको बैठक बुधवार बस्दैछ । त्यस बैठकले महाधिवेशन कार्यविधि अनुमोदन गर्छ । सँगै विधान संशोधनको प्रक्रिया पनि अगाडि बढ्छ । कम्तीमा महाधिवेशन हुँदैन कि भन्ने आशङ्का हल भएको छ’, रातोपाटीसँग आचार्यले भने ।
आइतबार साँझ बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठक बोलाउनुको साथै भेला तथा अधिवेशन विशेष तालिका स्वीकृत गर्ने निर्णय गरेको थियो ।
जेठ २ गते समिति गठन नभएका वडाहरूमा वडा भेला गर्ने, जेठ ३ गते वैशाख २० गते अगावै समिति गठन भएका वडाहरूमा अधिवेशन गर्ने, जेठ ९ गते पालिका भेला, जेठ १० गते वैशाख २५ अगावै समिति गठन भएका पालिकामा अधिवेशन गर्ने कार्यतालिका छ । जेठ ३ अगाडि गठन भएका बाँकी वडाको अधिवेशन जेठ १६ गते र जेठ १० गते अगाडि गठन भएका बाँकी पालिकामा जेठ १७ गते अधिवेशन गर्ने तालिका छ ।
यस्तै जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका बैठकले अनुमोदन गरेको छ । यता महामन्त्री कवीन्द्र बुर्लाकोटीले सचिवालय बैठकले अनुमोदन गरेको महाधिवेशन कार्यतालिका केन्द्रीय समितिले अनुमोदन गरेपछि मात्र सार्वजनिक हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण