विद्युत प्राधिकरण सप्तरीका प्रमुख विरुद्ध भ्रष्टाचार मुद्दा दायर
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण, कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दास विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- प्रमुख दासले एउटा चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखी विद्युत लाइन सुचारु गरिदिए बापत सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिएको अभियोग छ।
- अनुसन्धानका क्रममा दासले नियमअनुसार काम सम्पन्न भइसकेपछि पनि सेवाग्राहीसँग रकमका लागि बार्गेनिङ गरेको र घुस नदिए लाइन काटिदिने धम्की दिएर रकम असुल गरेको पुष्टि भएको छ।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण, कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दास विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
एउटा चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखी विद्युत लाइन सुचारु गरिदिए बापत सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिएको अभियोगमा उनी विरुद्ध सोमबार आरोपपत्र दायर गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रमुख दासले चार्जिङ स्टेसन सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा भए पनि लाइन छाडिदिनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। आयोगका अनुसार दासले सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित रङ्गेहात पक्राउ परेका थिए।
अनुसन्धानका क्रममा दासले नियमअनुसार काम सम्पन्न भइसकेपछि पनि सेवाग्राहीसँग रकमका लागि बार्गेनिङ गरेको र घुस नदिए लाइन काटिदिने धम्की दिएर रकम असुल गरेको पुष्टि भएको आयोगले जनाएको छ।
अख्तियारले दासलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १ लाख ४० हजार रुपैयाँ बिगो कायम गरी सोही ऐन अनुसार कैद र बिगो बमोजिमको जरिवाना सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा चलाएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण