एनआरएन चिकित्सकको दर्ता खारेज गर्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति
सारांश
- नेपाल चिकित्सक संघले विदेशी नागरिकता लिएका गैरआवासीय नेपाली चिकित्सकहरूको दर्ता खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति आपत्ति जनाएको छ।
- संघले विज्ञप्ति जारी गर्दै काउन्सिलको कदमलाई अन्यायपूर्ण, आपत्तिजनक र अपमानजनक भनेको छ।
- संघले एनआरएन चिकित्सकहरूको दर्ता खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन र विद्यमान नियम अनुसार दर्ता प्रक्रिया अगाडि बढाउन माग गरेको छ।
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकहरूको दर्ता खारेज गर्ने निर्णय गरेकोप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलको यो कदमलाई अन्यायपूर्ण, आपत्तिजनक र अपमानजनक भएको बताएको छ।
संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विदेशमा रहेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई स्वदेश फर्किन र उनीहरूले विदेशमा हासिल गरेको ज्ञान एवं अनुभवलाई नेपालको स्वास्थ्य क्षेत्रको विकासमा लगाउन प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको छ। प्रोत्साहनका लागि सहज वातावरण निर्माण गर्नुको सट्टा विदेशी नागरिकता लिएको आधारमा दर्ता नै खारेज गर्नु न्यायसंगत नभएको संघको ठहर छ।
'नेपालको स्वास्थ्य क्षेत्रमा एनआरएन चिकित्सकहरूले पुर्याएको योगदानको कदर गर्नुको सट्टा उनीहरूको आत्मसम्मान र व्यक्तिगत स्वतन्त्रता समेत हनन हुने किसिमको निर्णय गरिनु अत्यन्तै आपत्तिजनक छ,' विज्ञप्तिमा भनिएको छ।
एकपटकको नेपाली सधैँको नेपाली भन्ने मूल मर्मलाई आत्मसात् गर्दै विदेशमा रहेका नेपाली चिकित्सकहरूको नाम दर्ताका लागि काउन्सिलमा रहेको साविकको 'अनलाइन पोर्टल' को व्यवस्थालाई नै निरन्तरता दिन संघले माग गरेको छ।
नेपाल चिकित्सक संघले यो अन्यायपूर्ण निर्णय तत्काल फिर्ता लिन र विद्यमान नियम तथा कानुन अनुसार दर्ता प्रक्रियालाई अगाडि बढाउन नेपाल मेडिकल काउन्सिल र सम्बन्धित निकायहरूसँग माग समेत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण