बढ्याे अण्डाको मूल्य, क्रेटको कति ?
काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य मंगलबारदेखि लागू हुने सङ्घका सचिव मदन पोखरेलले जानकारी दिए।
सोमबार भौतिक र भर्चुअल रूपमा भएको बैठकमा चितवनलाई आधार मानेर नयाँ समर्थन मूल्य ताेकिएकाे हाे । नयाँ मूल्यअनुसार अण्डाकाे मूल्य बढेकाे छ।
ठुलो अण्डा प्रति क्रेटको मूल्य ४८५ रुपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ५०० रुपैयाँ कायम गरिएको छ । यसअघि ठुलो अण्डा प्रति क्रेटको ४५० रुपैयाँ थियो भने एक्सएल अण्डा प्रति क्रेट ४६५ रुपैयाँ थियो।
मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ४३५ रुपैयाँ तोकिएको सचिव पोखरेलले बताए । यसअघि मिडियम अण्डाको मूल्य ४ सय थियो । सानो अण्डा प्रति क्रेट २५०० रुपैयाँ तोकिएको छ । यसअघि सानो अण्डा प्रति क्रेट २३०० रुपैयाँ थियो।
सङ्घले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण