एसईईको परीक्षाफल सार्वजनिक, कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?
सारांश
- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक गरेको छ ।
- यस वर्षको एसईई परीक्षामा कुल ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए, जसमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी ननग्रेडेड भएका छन् ।
- नतिजाअनुसार ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३९२ रहेको छ ।
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ ।
आज साँझ बोर्डले सार्वजनिक गरेको परीक्षाफलअनुसार परीक्षामा नियमिततर्फ कुल ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए ।
जसमध्ये २ लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थीले ननग्रेडेड भए ।
यस वर्षको कुल उत्तीर्ण प्रतिशत ६५.९८ रहेको बोर्डले जनाएको छ
नतिजाअनुसार जीपीए १.६० देखि २.०० ल्याउने विद्यार्थी संख्या ७ रहेको छ भने २.०० देखि २.४० ल्याउने ५ हजार १९० जना रहेका छन् ।
त्यस्तै २.४० देखि २.८० ल्याउने ५५ हजार ९७७, २.८० देखि ३.२० ल्याउने ९४ हजार २२२ तथा ३.२० देखि ३.६० ल्याउने ८० हजार ३७२ विद्यार्थी रहेका छन् ।
सबैभन्दा उच्च जीपीए ३.६० देखि ४.०० सम्म प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार ३९२ रहेको बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण