सरकारको नीति तथा कार्यक्रम पूर्णरुपले खारेज हुनुपर्छ : एमाले
सारांश
- नेकपा एमालेले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम खारेज गर्न माग गरेको छ ।
- एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रलाई असाधारण परिस्थितिबाट बचाउन नीति तथा कार्यक्रम खारेज गरी पूर्ण संशोधन र पुनर्लेखन गर्नुपर्ने धारणा राखेका छन् ।
- बादलले जेनजी आन्दोलन, रास्वपा सरकार गठन, लिपुलेक अतिक्रमण र असंलग्न नीतिको खिल्ली उडाउँदै सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् ।
काठमाडौँ । नेकपा एमालेले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम खारेज गर्न माग गरेको छ ।
मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रलाई असाधारण परिस्थितिबाट बचाउन नीति तथा कार्यक्रम खारेज गर्नुपर्ने धारणा राखेका हुन् ।
‘राष्ट्रलाई असाधारण परिस्थितिबाट बचाउन यो नीति तथा कार्यक्रम खारेज हुनुपर्छ । र, पूर्ण संशोधन र पुनर्लेखन गर्नै पर्दछ’, उनले भने ।
यसैगरी बादलले जेनजी आन्दोलन र रास्वपा सरकार गठनप्रति आक्रामक टिप्पणी समेत गरेका छन् । उनले राष्ट्रिय झन्डा ओढेर देश जलाउनेप्रति यो नीति तथा कार्यक्रम किन मौन छ ? भनेर प्रश्न उठाए ।
‘देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालय जलाउँदा नेपाली सेना रहस्यमय ढङ्गले किन मुखदर्शक बन्यो ? लिपु लेकमा अतिक्रमण हुँदा त्यही सेनाले सुकुम्बासी बस्तीहरूमा किन परेड खेल्दैछ ? असंलग्न नीतिको खिल्ली उडाउँदै टिओबीहरुको ताण्डव नृत्यप्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ ?’, सरकारमाथि गम्भीर प्रश्न उठाउँदै बादलले भने ।
यसैगरी सुसंस्कृत सभ्य बन्नुपर्ने प्रतिनिधिले संसदमा बारम्बार असभ्य प्रदर्शन गर्दा समेत सभामुख लाचार र नतमस्तक भएको उनले आरोप लगाए ।
रास्वपाले घोषणा गरेको बाचा पत्र वास्तवमा सुशासन, स्थायित्व, दिगो शान्ति समृद्धि, लोकतन्त्र सम्बर्द्धन र राष्ट्रका लागि नभई, त्यो रास्वपाको अधिनायकवाद स्थापित गर्ने डिजाइन भएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण