विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्थाको महावीरले गरे विरोध
मङ्गलबार, २९ वैशाख २०८३, १६ : ४२
सारांश
- पूर्वशिक्षामन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्थाको विरोध गरेका छन् ।
- वर्तमान सरकारले ल्याएको विश्वविद्यालय सम्बन्धी अध्यादेशमा कुलपति प्रधानमन्त्री हुने व्यवस्था कायमै रहेकोमा उनले आपत्ति जनाएका हुन् ।
- उनले सरकारले ल्याएको अध्यादेशले नवप्रवर्तनका लागि विज्ञान र प्रविधिको विकासलाई सम्बोधन गर्न नसकेको बताए ।
काठमाडौँ । पूर्वशिक्षामन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहेन व्यवस्थाको विरोध गरेका छन् ।
मंगलबार संसद् बैठकमा बोल्दै पुनले विश्वविद्यालय सम्बन्धी अध्यादेश वर्तमान सरकारले ल्याए पनि त्यो प्रावधान कायमै रहेकोमा विरोध गरेका हुन् ।
‘सरकारले ल्याएको विश्वविद्यालय सम्बन्धी अध्यादेशमा विश्वविद्यालयलाई राजनीतिमुक्त गर्ने भनिएको छ । मैले पनि ल्याउन खोजिएको त्यही नै थियो । तर मैले गरेको कल्पनामा कुलपति प्रधानमन्त्री हुनुहुँदैन भन्ने थियो । तर अहिलेको अध्यादेश जुन छ, त्यसले विश्वविद्यालयमा राजनीति हुनुहुँदैन भनेको छ । तर कुलपति प्रधानमन्त्री नै हुने व्यवस्था छ’, उनले भने ।
यसै गरी नवप्रवर्तनका लागि विज्ञान र प्रविधिको विकास गर्न सरकारले ल्याएको अध्यादेशले सम्बोधन गर्न नसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण