बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

रास्वपाले तोक्यो पहिलो महाधिवेशनको मिति र स्थान

बुधबार, ३० वैशाख २०८३, ०९ : ५८
बुधबार, ३० वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ ।
  • पार्टीको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थानको टुङ्गो लगाएको हो ।
  • पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकले यो निर्णय गरेको हो ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मिति तय गरेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने घोषणा भएको नेता गणेश पराजुलीले जानकारी दिए । 

आज पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तोकेको हो । 

यसअघि पार्टीले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप