बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

विपिनको समितिलाई जेठ १० गतेसम्म विधान मस्यौदा पेस गर्न निर्देशन

बुधबार, ३० वैशाख २०८३, ११ : ४५
बुधबार, ३० वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय विधान संशोधन समिति विस्तार गरेको छ ।
  • समितिलाई जेठ १० गतेसम्म विधान मस्यौदा पेस गर्न निर्देशन दिइएको छ ।
  • बैठकमा सांसदहरूको भूमिका प्रभावकारी बनाउनेबारे छलफल भएको छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा विधान संशोधन समिति विस्तार गरेको छ । 

बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति विस्तार गरेको हो । 

समितिको सदस्यमा सचिवालय सदस्य गणेश पराजुली, केन्द्रीय सदस्य डा. चन्दा कार्की, प्रकाशचन्द्र परियार, र सुसान्त वैदिक रहेका छन् । 

समितिलाई जेठ १० गतेसम्म विधान मस्यौदा पेस गर्न निर्देशन दिएको संयोजक आचार्यले जानकारी दिए । वैशाख २० गते बसेको सचिवालय बैठकले आचार्यको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको थियो । 

‘बैठकले विधान संशोधन मस्यौदा समिति विस्तार गरेको छ । समितिलाई जेठ १० गतेसम्म मस्यौदा पेस निर्देशन दिएको छ’, रातोपाटीसँग आचार्यले भने । 

बैठकमा सांसदहरूलाई संसदको भूमिका प्रभावकारी बनाउनेबारे छलफल भएपनि प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले संसदमा देखाएको प्रस्तुति सम्बन्धमा कुनै छलफल नभएको उनले जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप