मन्त्रिपरिषद् बैठकका ४ निर्णय सार्वजनिक
बुधबार, ३० वैशाख २०८३, ११ : ५५
सारांश
- सरकारले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको छ ।
- सरकारले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधनलाई स्वीकृति दिएको छ ।
- सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरिएको छ ।
काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका चार वटा मुख्य निर्णय सार्वजनिक गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरिएको जानकारी दिए ।
उनका अनुसार बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधनलाई पनि स्वीकृति दिएको छ ।
त्यस्तै, सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरिएको मन्त्री तिमल्सिनाले बताए ।
बैठकले भूमि सम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ लाई समेत स्वीकृत गरेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण