नेपाल टेलिकमले ९ महिनामा कमायो ६ अर्ब २७ करोड नाफा
सारांश
- नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिसम्म ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।
- टेलिकमको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.८५ प्रतिशतले बढेको छ ।
- जिएसएम राजस्वमा वृद्धि र ह्रासकट्टी खर्चमा कमी आएकाले नाफा बढेको हो ।
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिसम्मको ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । टेलिकमले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा र सञ्चालन आय दुवैमा सुधार देखिएको हो।
टेलिकमले कमाएको यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.८५ प्रतिशत अर्थात् ५६ करोड २४ लाख रुपैयाँले बढी हो । गत वर्षको यसै अवधिमा कम्पनीको खुद मुनाफा ५ अर्ब ७१ करोड ५ लाख रुपैयाँ रहेको थियो।
नाफासँगै कम्पनीको आम्दानीमा पनि वृद्धि भएको छ। चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म कम्पनीको कुल सञ्चालन आय २.४२ प्रतिशतले बढेर २५ अर्ब ९२ करोड १६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा सञ्चालन आय २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ थियो।
त्यसैगरी, कम्पनीको कुल आय पनि १।४९ प्रतिशतले वृद्धि हुँदै २८ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ पुगेको छ जुन गत वर्ष २८ अर्ब ४३ करोड १५ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको कर, ब्याज तथा ह्रासकट्टी अघिको मुनाफामा पनि सामान्य सुधार आएको छ। वित्तीय विवरण अनुसार यस्तो मुनाफा १.३२ प्रतिशत अर्थात् १८ करोड ८० लाख रुपैयाँले बढेर १४ अर्ब ३८ करोड २ लाख रुपैयाँ पुगेको छ।
खुद नाफामा आएको वृद्धिसँगै नेपाल टेलिकमको प्रतिशेयर आम्दानीमा पनि सकारात्मक प्रभाव परेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४२.३ रुपैयाँ रहेको वार्षिक प्रतिशेयर आम्दानी ९.९ प्रतिशतले बढेर हाल ४६.४७ रुपैयाँ कायम भएको छ।
कम्पनीको राजस्व तथा खुद मुनाफामा आएको यो सकारात्मक परिवर्तनका पछाडि मुख्य रूपमा जिएसएम तर्फको आम्दानीमा भएको वृद्धि र ह्रासकट्टी खर्चमा आएको कमीलाई कारण मानिएको छ।
सञ्चालन आयअन्तर्गत जिएसएमतर्फको राजस्व गत वर्षको तुलनामा २.७६ प्रतिशत अर्थात् ५७ करोड ७४ लाख रुपैयाँले बढेको छ। त्यस्तै, कम्पनीको ह्रासकट्टी खर्च ८.४६ प्रतिशत अर्थात् ३८ करोड ६९ लाख रुपैयाँले घटेको छ, जसले नाफा बढाउन मद्दत पुर्याएको देखिन्छ।
यद्यपि, बजारमा निरन्तर घट्दै गएको बैंक ब्याजदरका कारण कम्पनीको ब्याज आम्दानी भने प्रभावित भएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासिकको तुलनामा कम्पनीको ब्याज आय २०.५७ प्रतिशत अर्थात् ५७ करोड ६६ लाख रुपैयाँले घटेको टेलिकमले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
-
भोजनबाट अन्डा हटेपछि भारतमा पोषणसम्बन्धी बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण