प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम अर्थमन्त्रीले गरे टेबल
सारांश
- सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभामा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले टेबल गरेका हुन् ।
- विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रस्ताव टेबल गर्न दिएर प्रधानमन्त्रीको सम्मान गरेको बताए ।
- सभामुखले नीति तथा कार्यक्रममा ३५ जनाको संशोधन प्रस्ताव परेको जानकारी दिँदै विपक्षी सांसदहरूलाई आसन ग्रहण गरेर सभा अघि बढाउन आग्रह गरे ।
काठमाडौँ । सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभामा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव टेबल भएको छ । बुधबार बसेको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रस्ताव गरेका हुन् ।
सभामुखले अर्थमन्त्री वाग्लेलाई प्रस्ताव राख्न समय दिएपछि विपक्षी दलका नेताहरू उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका नेतालाई आफ्ना भनाइ राख्न समय दिएका थिए ।
सभामुखको समय पाएपछि प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङ्देम्बेले पुन नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने भन्दै आफूहरूले प्रस्ताव टेबल गर्न दिएर प्रधानमन्त्रीको सम्मान गरेको बताए । साथै उनले प्रधानमन्त्रीलाई उपस्थितिका लागि रुलिङ गर्न माग गरे ।
जवाफमा सभामुखले आफ्नो ध्यानाकर्षण भएको भन्दै नीति तथा कार्यक्रममा ३५ जनाको संशोधन प्रस्ताव परेको जानकारी दिए । सभामुखले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र उपस्थित हुने नहुनेबारे तय गर्न सकिने भन्दै विपक्षी सांसदहरूलाई आसन ग्रहण गरेर सभा अघि बढाउन आग्रह गरे ।
तर सभामुख अर्यालको आग्रहको विपक्षी सांसदहरूले सुनुवाइ गरेनन् । उनीहरू उठिरहे । यही बिचमा रास्वपा सांसद कवीन्द्र बुर्लाकोटी उठेर बोल्ने समय माग गरे । तर सभामुखले उनलाई समय दिएनन् ।
प्रमुख प्रतिपक्ष दलका नेता आङदेम्बेलाई एक मिनेटमा आफ्नो कुरा राख्न समय दिए । तर आङदेम्बेले प्रमुख प्रतिपक्ष दललाई समय तोक्नु गलत भएको भन्दै प्रधानमन्त्रीकै नीति तथा कार्यक्रमको जवाफ दिनुपर्छ भनेर भन्नु गल्ती हो र ? भन्दै प्रश्न गरे ।
‘सदन सञ्चालन गर्न सभामुखलाई हामीले जसरी सहयोग गरेका छौँ’, उनले भने, ‘हामी यो सदनको निरन्तरता चाहन्छौँ, जबकि निकासका लागि । छलफलका लागि रुलिङ गर्नुपर्यो । धेरै कराउन आउँदैन तर उभिएर हाम्रा कुरा राखिरहन्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण