प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित
सारांश
- विपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित भएको छ ।
- प्रधानमन्त्रीको अनुपस्थित रहेपछि विपक्षीले उनको सहभागिताको माग गर्दै बैठक अवरुद्ध गरे ।
- सभामुखले यसबारेमा छलफल गरेर सदनलाई जानकारी गराउने भनेपछि विपक्षीले नमानेपछि बैठक फेरि स्थगित भएको हो ।
काठमाडौँ । विपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित भएको छ ।
बुधबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री बालेन शाहको अनुपस्थित रहेपछि विपक्षीले उनको सहभागिताको माग गर्दै बैठक अवरुद्ध गरे । उनीहरूले सरकारको नीति तथा कार्यक्रम समेत प्रधानमन्त्रीले नै टेबुल गर्नुपर्ने माग गरे । त्यसपछि १५ मिनेट स्थगित भएर फेरि बसेको बैठकमा पनि प्रतिपक्षी दलले सोही कुरा दोहोर्याएपछि बैठक अघि बढ्न सकेन ।
दोस्रो बैठकमा सभामुखले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले टेबुल गरिसकेकाले सभा अघि बढाउन पटक पटक आग्रह गरेका थिए ।
तर, देशभित्रै भएका प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गर्न प्रतिपक्षी दलले सभामुखसमक्ष माग गरे । सभामुखले यसबारेमा छलफल गरेर सदनलाई जानकारी गराउने भनेपछि विपक्षीले नमानेपछि बैठक फेरि १५ मिनेटका लागि स्थगित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण