सुकुमबासीमाथि राज्यले दमन गरेको भन्दै विरोध प्रदर्शन
सारांश
- सुकुमबासीमाथि राज्यले दमन गरेको भन्दै काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ ।
- संयुक्त सङ्घर्ष समितिले सुकुमबासी बस्तीमाथिको दमन, बढ्दो महँगी र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेपविरुद्ध विरोध प्रदर्शन गरेको हो ।
- वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता राजकुमार हिङमाङले सरकारले विदेशी शक्तिको प्रभावमा परेर सुकुमबासीमाथि दमन गरिरहेको आरोप लगाए ।
काठमाडौँ । सुकुमबासीमाथि राज्यले दमन गरेको भन्दै काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ ।
संयुक्त सङ्घर्ष समितिले बुधवार काठमाडौँ उपत्यकाका सुकुमबासी बस्तीमाथिको दमन, बढ्दो महँगी र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेपविरुद्ध काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
_32lQQXuoyX.jpg)
प्रदर्शनलाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता राजकुमार हिङमाङले सरकारले विदेशी शक्तिको प्रभावमा परेर सुकुमबासीमाथि दमन गरिरहेको आरोप लगाए । उनले सुकुमबासीको समस्या समाधान गर्नुको सट्टा राज्यले बल प्रयोग र दमनलाई प्राथमिकता दिएको त्यसका विरुद्ध नागरिक समाज र मानव अधिकारकर्मीहरू एकजुट भएर विरोध गर्नुपर्ने बताए ।
_b86GYI6gWi.jpg)
हिङमाङले नेपालमा गरिब, भूमिहीन र निमुखा नागरिकमाथि पञ्चायतकालदेखि नै निरन्तर दमन हुँदै आएको दाबी गर्दै वर्तमान व्यवस्थामा पनि त्यही प्रवृत्ति दोहोरिनु दुःखद् भएको बताए । उनले भने, ‘आज विदेशीको इसारामा दलाली गरिरहेको सरकारले सुकुमबासीको समस्या हल गर्ने कुरा थिएन । उसले बर्बर दमन मच्चाएर आज सुकुमबासीमाथि अत्याचार मच्चाएको छ । यसका विरुद्धमा सुकुमबासीहरुको पक्षमा हामी राजनीतिक शक्तिहरू, संयुक्त सङ्घर्ष समितिमा आबद्ध राजनीतिक शक्तिहरू राज्यको यस कदमको घोर विरोध गर्न चाहन्छौँ । नेपालमा गरिब र निमुखा नागरिकमाथि निरन्तर रूपमा दमन हुँदै आएको छ । हिजो पञ्चायत कालमा पनि यस्तो दमन भयो, बहुदलमा पनि यस्तो दमन भयो । र गणतन्त्र भनिने पुँजीवादी व्यवस्थाभित्र पनि यो दमन भइरहेको छ । यसको मुख्य दोषी यो राज्य व्यवस्था हो । यसका विरुद्धमा नलाग्ने हो भने गरिब र सुकुमबासी र अव्यवस्थितमाथिको दमन नरोकिने हाम्रो आँकलन छ ।’
_70x5f45FFg.jpg)
सरकारले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा रहेका सुकुमबासी बस्तीहरू वैशाख १२ र १३ गते खाली गराएको थियो ।
_j9ZLv4rXWq.jpg)
_qjg30A8Sjd.jpg)
_DeKBDTDctg.jpg)
_9abWsuGv7Z.jpg)
_aaPGOwAt7X.jpg)
_rMn7geYB78.jpg)
_od7hK99zgB.jpg)
_13AoxepMDQ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण