‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ नामक कृति लोकार्पण
काठमाडौँ । वानीरा फाउन्डेसनले बुधबार एक समारोहबिच काठमाडौँमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको एक सय सातौँ जयन्ती मनाएको छ ।
सोही अवसरमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ नामक कृतिको लोकार्पण गरे । उक्त कृति ४२ वर्षअघि नरेन्द्रराज प्रसाईँले पूर्णप्रसाद ब्राह्मणसित लिएको अन्तर्वार्तामा आधारित छ । ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ नइ एकेडेमीको १९३ ओैँ कृति हो ।
‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’नामक कृति माथि डा.त्रिपाठी र प्रा.केशव सुवेदीले बृहत् समीक्षा गरिएको फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले बताए ।
सो अवसरमा प्रमुख अतिथि डा.त्रिपाठीले पूर्णप्रसाद ब्राह्मण विषयक विद्यावारिधि गर्ने प्रा.डा.नुरापति पोखरेललाई सम्मान गरे ।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईँको सभापतित्वमा सञ्चालित सो समारोहमा कवेरी जोशी, दिनेश शर्मा, सदस्यसचिव नरेन्द्रराज प्रसाईँ र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको महिमा र नव कृतिबारे मन्तव्य प्रकट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण