सर्लाहीमा निर्माणाधीन घरको छत भत्किँदा दुई मजदुरको मृत्यु
सर्लाही । सर्लाहीको मलंगवा नगरपालिकामा निर्माणाधीन एक घरको छत भत्किँदा दुई कामदारको मृत्यु भएको छ ।
मलंगवा नगरपालिका–१० बस्ने रंजित यादवको चारतल्ले पक्की घरमा काम गरिरहेका दुई मजदुरको छतसहित जमिनमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार अपराह्न करिब पौने पाँच बजेतिर मलंगवा नगरपालिका–२ बस्ने ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ बस्ने ४० वर्षीय राजकिशोर यादवको छतबाट खसेर मृत्यु भएको हो । उनीहरू पानी ट्यांकी राख्नका लागि बनाइएको ढलान छत प्लास्टर गर्ने क्रममा थिए ।
प्लास्टर गर्ने क्रममा छतसहित जमिनमा खस्दा दुवै जनाको शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो । घाइते अवस्थामा उनीहरूलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो । अस्पतालमा उपचारकै क्रममा साँझ चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोली घटनास्थलतर्फ खटाइएको थियो । घटना भएको स्थान जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब २ किलोमिटर उत्तरमा पर्दछ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकौली जंगल क्षेत्रमा नेटवर्क समस्या समाधानका लागि सेवा विस्तारको काम सुरु
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि अस्ट्रेलिया र इजिप्टबिचको खेल सुरु
-
कर्णालीमा गाडी बेपत्ता घटना : ५ जनाको पहिचान खुल्यो
-
सडकको पानी बागमतीमा सहज निकास नहुँदा वर्षामा जाम बढेको ट्राफिक प्रहरीको निष्कर्ष
-
चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण