सडकको पानी बागमतीमा सहज निकास नहुँदा वर्षामा जाम बढेको ट्राफिक प्रहरीको निष्कर्ष
काठमाडौँ । काठमाडौँ उपत्यकामा पानी पर्दा सधैँ जाम हुने समस्या छ । पानीका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने समस्याबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयले अध्ययन गरेको छ । असार १८ मा उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि त्यसबारे विज्ञ टोलीसहित ट्राफिक प्रहरीले स्थलगत अध्ययन गरेको हो ।
अध्ययन गर्दा काठमाडौँका सहायक नदीहरू टुकुचा, धोविखोला र विष्णुमतीको सतहभन्दा बागमतीको सतह उच्च भएर भेलको सहज निकास नभएको निष्कर्ष निकालिएको छ । बागमतीको सतहमा डेब्रिजको तह उच्च देखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले रातोपाटीलाई बताए । उनले भने– ‘डेब्रिजको सहत उच्च हुँदा अन्य नदीबाट गएको ठुलो भेल उल्टो बहाव हुने गरेको देखिन्छ ।’
प्रति प्रवाहका कारण साना नदीमा भेल जम्मा हुने र सडकको पानी निकासमा समस्या हुने गरेको ट्राफिक प्रहरीको अध्ययन निष्कर्ष छ ।
पानीको बहावलाई सहज बनाउन बागमती नदीबाट कम्तीमा डेढ मिटर गहिराइसम्म डेब्रिज निकाल्नुपर्ने एसएसपी काफ्लेले बताए । उनले भने–‘सरोकारवाला निकायले यसमा थप अध्ययन गरेर निकास निकाल्नुपर्ने देखिन्छ ।’
डेब्रिज निकालेमा सडक डुबानको समस्या नहुने र पानी पर्दा पनि यातायात सहज रूपमा सञ्चालन गर्न सकिने ट्राफिक प्रहरीको अध्ययन निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकौली जंगल क्षेत्रमा नेटवर्क समस्या समाधानका लागि सेवा विस्तारको काम सुरु
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि अस्ट्रेलिया र इजिप्टबिचको खेल सुरु
-
कर्णालीमा गाडी बेपत्ता घटना : ५ जनाको पहिचान खुल्यो
-
सडकको पानी बागमतीमा सहज निकास नहुँदा वर्षामा जाम बढेको ट्राफिक प्रहरीको निष्कर्ष
-
चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण